बुधबार, वैशाख २, २०८३

प्रभु साहको निर्वाचन क्षेत्रमा प्रचण्डले सम्बोधन गर्दै

मेरोन्यूज २०७८ मंसिर ४ गते १३:४८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रौतहट पुगेका छन् । उनी आमसभालाई सम्बोधन गर्न रौतहटमा पुगेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

गत कात्तिक २९ मा रौतहट जाने मिति तय भए पनि प्रचण्डको स्वास्थ्यमा समस्या देखिएपछि स्थगित भएको थियो । आमसभा शनिबार गर्न लागिएको हो ।

आज प्रचण्डले सम्बोधन गर्ने क्षेत्र नेकपा एमाले नेता प्रभु साहको निर्वाचन क्षेत्र हो । साह माओवादी परित्याग गरी एमालेमा प्रवेशका नेता हुन् ।

प्रचण्डले सभालाई सम्बोधन गर्नुको साथै पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्ने भएका छन् । माओवादी प्रवेश गर्ने जिल्ला तहका प्रतिनिधि र स्थानीय तहका निर्वाचित वडा अध्यक्षलाई प्रचण्डले पार्टी प्रवेश गराउने छन् ।

प्रतिक्रिया