रुपन्देही कांग्रेसमा दुई पक्षबीच किन भयो कुटाकुट ?

काठमाडौँ । आसन्न १४ औं महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसभित्र प्रदेशसभास्तरीय क्षेत्रीय अधिवेशनमा नै कार्यकर्ताबीच कुटाकुट हुन थालेको छ ।
रुपन्देही क्षेत्र नम्बर ३ मा क्षेत्रीय अधिवेशनको मतगणना चलिरहँदा पार्टीको एकअर्का समूहबीच कुटाकुट भएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले देउवा समूहबाट र देउवासमूहले पौडेलसमूहबाट आक्रमण भएको आरोप लगाएका छन् ।
कार्यकर्ताहरु आफूआफूमै कुटाकुट भएपछि मतगणनाको काम पनि रोकिएको छ । पौडेलसमूहले हार ब्यहोरेपछि विवाद झिकेको संस्थापन पक्षको आरोप लगाएका छन् ।
आफ्नो समूहको लज्जास्पद् हार भएको र कार्यसमितिमा पनि हार हुने निश्चित भएपछि कांग्रेस रुपन्देहीका पूर्वसभापति रामचन्द्र ढकाल, प्रतिनिधिसभा सांसद भरतकुमार शाह, लुम्बिनी प्रदेशसभा सांसद रमा अर्याल, प्रदेशसभाको निर्वाचनका प्रत्याशी हरि न्यौपानेले लफडा झिकेको संस्थापन समूहले जनाएको छ ।
प्रदेशसभा सांसद अर्यालका श्रीमान हेमराज अर्याल प्रदेश प्रतिनिधिमा पराजित भएपछि विवाद चर्काएको सो समूहको आरोप छ ।
कांग्रेसको पार्टी कार्यालय भैरहवामा मतगणनाका क्रममा शुक्रबारराति दुई पक्षबीच भएको झडपमा पाँच जना घाइते भएका छन् । झडपमा कांग्रेसका पौडेल पक्षका नेता तथा कार्यकर्ता घाइते भएका छन् । संस्थापन पक्षले बत्ती अफ गरेर आक्रमण गरेको पौडेल पक्षको आरोप छ ।
यो निर्वाचन क्षेत्रमा १६ क्षेत्रीय प्रतिनिधि मध्ये पौडेल समूहबाट एक जनामात्र निर्वाचित भएका छ । कार्यसमितिमा एक सय मतगणना हुँदा संस्थापनका उम्मेद्वार सुरेन्द्रजंग थापा १९ भोटले अगाडि थिए । प्रदेशसभा क्षेत्रीय सभापतिमा पौडेल समूहबाट पुरनप्रसाद श्रेष्ठ उम्मेदवार छन् ।
मतगणना कार्य जारी रहँदा कांग्रेसका दुई समूहका कार्यकर्ताबीच मतगणनास्थल बाहिर पनि झडप भएको थियो ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार
प्रतिक्रिया