‘ए’ डिभिजन लिगः थ्रीस्टारको विजयी शुरुवात

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रीस्टार क्लवले विजयी शुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो दिनको दोस्रो खेलमा शनिवार थ्रीस्टारले च्यासल युथ क्लबलाई ३–० ले पराजित गरेको हो ।
थ्रीस्टारका लागि खेलको २१ औं मिनेटमा निशान खड्काले, ४५ औं मिनेटमा बिदेशी खेलाडी राफायल र ५८ औं मिनेटमा अनन्त तामाङले गोल गरेका थिए ।
च्यासल युथले पाएको एक पेनाल्टीको अवसर पनि गुमाउन पुग्यो । च्यासलका लागि विकास मेराग्लियाले हानेको पेनाल्टी पोलबाट बाहिरियो ।
जीतपछि थ्री स्टारले ३ अंक जोडेको छ । थ्री स्टारले अर्को खेलमा ललितपुरकै सातदोबाटो युथ क्लबसंग खेल्नेछ भने च्यासलले विभागीय टोली नेपाल एपीएफ क्लबसंग खेल्नेछ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबारका पहिलो खेलमा संकट क्लव र हिमालयन शेर्पाले एक एक गोलको बराबरी गर्दै अंक बाँडेका थिए ।
लिगको आइतबारको खेलमा ब्रिगेड ब्वाईज क्लब र नेपाल एपीएफ क्लब तथा जावलाखेल युथ क्लब र मनाङ मस्र्याङदी भिड्नेछन् ।









एनपीएलमा आज दुई खेल : चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै
आजका लागि विदेशी मुद्राको विनिमयदर
आज मंसिर १२ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया