गाँजा बेचेको भन्दै अमेजनविरुद्ध मुद्दा दर्ता
मेरोन्यूज
२०७८ मंसिर ५ गते १२:०२

काठमाडौँ । भारतको मध्य प्रदेशको भिण जिल्लामा अनलाइन सपिङ सेन्टर अमेजनविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरीले कम्पनीका निर्देशकहरूविरुद्ध एनडिपिएस ऐनअन्तर्गत मुद्दा दर्ता गरेको हो ।
त्यहाँको प्रहरीले केही दिनअघि अमेजनले गाँजा बिक्री गरेको भन्दै मुद्दा दर्ता गरेको हो । भिण जिल्लाको प्रहरी एसपी मनोज कुमार सिंहका अनुसार गोहद चौराहा प्रहरीले नोभेम्बर १३ मा अमेजनमार्फत गाँजा ‘होम डेलिभरी’ गरेको खुलासा गरी चार जना अभियुक्तलाई पक्राउ गरेको छ ।
जसमध्ये एक जना खरिदकर्ता थिए । यससँगै प्रहरीले अभियुक्तबाट २१ किलो ७३४ ग्राम गाँजासमेत बरामद गरेको छ । प्रहरीले त्यसको अनुसन्धान गरिरहेको छ । एजेन्सीको सहयोग
सम्बन्धित

















इरानमा आक्रमणकाे विराेध गर्दै चिनिया विदेशमन्त्रीकाे इजरायलका विदेशमन्त्रीलाई फाेन
निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
आजको मौसम कस्ताे छ ?
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
प्रतिक्रिया