एमालेको अध्यक्षमा उम्मेदवार घोषणा गर्ने रावलको तयारी
मेरोन्यूज
२०७८ मंसिर ५ गते १३:०९

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको १० औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन् । उनले आइतबार एक कार्यक्रमका बीच अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको रावलका सहयोगी एकीन्द्र कुँवरले जानकारी दिए ।
‘नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलको उम्मेदवारी घोषणा गर्न विशेष पत्रकार सम्मेलन आयोजना हुने भएकाले सम्पूर्ण संचारकर्मीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ,’ उनले भने ।
रावलले टिम बनाएर चुनावमा जाने तयारी गरेको हुन् । एमालेको १० औँ महाधिवेशन चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने भएको छ ।
उपाध्यक्ष रावलले उम्मेदवारी दिने घोषणा गरेसँगै केपी शर्मा ओली सर्वसम्मत अध्यक्ष बन्ने बाटो रोकिने भएको छ ।
सम्बन्धित















कोरलानाकामा जिप दुर्घटना हुँदा चालक घाइते
अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल
भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु
काठमाडौँमा दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया