नेपालमा थप २३८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर ५ गते १६:४४

काठमाडौं । नेपालमा थप २ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा विभिन्न प्रयोगशालामा भएको परीक्षणका क्रममा २ सय ३८ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा संक्रमितको संख्या ८ लाख १९ हजार १९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ७ हजार १ सय ६७ रहेको छ ।
कोरोना संक्रमण पुष्टी भएका थप एक जनाको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा ३ सय ७० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ३ सय ५९ रहेको छ ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया