सरकारी मिडिया पूर्वाग्रही बन्नु हुँदैनः मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले सरकारी मिडिया पूर्वाग्रही बन्न नहुने बताएकी छन् ।
प्रेस सेन्टर नेपाल रेडियो नेपाल शाखाको आइतबार भएको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले सरकारी संचारमाध्यमहरु पूर्वाग्राही बन्न नहुने भन्दै निष्पक्ष भएर सहि सूचना प्रवाह गर्ने भूमिका निर्वाह गर्न प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिइन् ।
मन्त्री श्रेष्ठले प्रशारण पहुँचमा बृद्धि, गुणस्तरीय विषयवस्तु प्रशारण र मर्यादित पत्रकारिताको विकास गर्न रेडियो नेपालले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताइन् ।
उनले सहि र सत्य सूचना प्रवाह गर्ने दायित्व पूरा गर्न सञ्चार जगत जिम्मेवार बन्नुपर्ने बताइन् ।
मन्त्री श्रेष्ठले विकास र सुधारका साझा सवालमा विषय कसले उठायो भन्ने नहेरी राम्रा कामका लागि संयुक्त प्रयासमा अगाडि बढ्नु पर्नेमा जोड दिइन् ।
मन्त्री श्रेष्ठले रेडियो नेपाल लगायतका सरकारी सञ्चार माध्यमहरुले संविधान अनुसार ऐन, कानुन र नियमावलीहरु समय सापेक्ष बनाउनुपर्नेमा पनि जोड दिइन् ।















कोरलानाकामा जिप दुर्घटना हुँदा चालक घाइते
अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल
भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया