कांग्रेस महाधिवेशनः आर्थिक समितिमा १४ सदस्य मनोनयन
मेरोन्यूज
२०७८ मंसिर ५ गते १९:०८

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि गठित आर्थिक समितिमा १४ जना सदस्य मनोनयन भएका छन् ।
सूचना तथा संचार मन्त्रीसमेत रहेका आर्थिक समितिका संयोजक ज्ञानेन्द्रबहादुर कार्कीले १० जना सदस्य र चार जना सल्लाहकार नियुक्त गरेका हुन् ।
समितिमा उमेश श्रेष्ठ, दीपक खड्का, जीप छिरिङ लामा, मोहन आचार्य, इन्द्र बाँनिया, अनिल रुँगटा, महेश जाजु, विरेन्द्र कनौडिया, रामकृष्ण भट्टराई र दयाराम पाण्डेलाई सदस्य मनोनयन गरिएको छ ।
यस्तै, दीपकुमार उपाध्याय, दिव्यमणि राजभण्डारी, विनोद चौधरी र माल्टेन गुरुङलाई समितिको सल्लाहकारमा मनोनयन गरिएको समिति संयोजक मन्त्री कार्कीले जानकारी दिए ।
सम्बन्धित















कोरलानाकामा जिप दुर्घटना हुँदा चालक घाइते
अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल
भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु
काठमाडौँमा दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया