काठमाडौं कांग्रेसको नतिजा
प्रकाशमान र गगन समूहले जिते २० मा १८ क्षेत्र

काठमाडौै । नेपाली कांग्रेसको काठमाडौं प्रदेशसभा निर्वाचन अधिवेशनमा प्रकाशमान सिंह र गगन थापा समूह बलियो देखिएको छ ।
१४ औैं महाधिवेशन अन्तर्गतको वडा, पालिका र प्रदेशसभा निर्वाचन क्षेत्रमा सिंह र थापाबीच बनेको गठबन्धनले १८ क्षेत्र जितेको छ ।
शुक्रबार र शनिबार भएको काठमाडौंका २० प्रदेशसभाको क्षेत्रीय अधिवेशनमा १८ क्षेत्र सिंह–थापा समूहले जितेका छन् ।
पालिका अधिवेशनदेखि सिंह र थापा समूह खडा भएको हो । पालिका अधिवेशनमा ११ मा ८ पालिका सिंह र थापा समूहले जितेको थियो ।
सभापति शेरबहादुर देउवालाई कृष्णप्रसाद सिटौलाको समर्थनमा टिम बनेको छ । यो टिम वडा अधिवेशनदेखि नै बनेको हो । सिटौला निकट भीमसेनदास प्रधान हुन् । प्रधान निकट समूहले दुई प्रदेशसभा मात्रै जितेका छन् । यसअघि पालिका अधिवेशनमा पनि प्रधान समूहले ३ स्थानमा मात्र जितेको थियो ।
काठमाडौं कुन निर्वाचन क्षेत्रमा को–को बने सभापति ?
शुक्रबार र शनिवार भएको प्रदेशसभा क्षेत्रीय अधिवेशनअन्तर्गत काठमाडौंमा निर्वाचन क्षेत्र नम्बर १ को (क) मा प्रल्हाद कार्की सभापति बने भने (ख) मा सुमनकुमार श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । कार्की र श्रेष्ठ दुबै सिंह निकट हुन् ।
क्षेत्र नम्बर २ को (क) मा ध्रुव केसी र (ख) मा उद्धव खड्का बिजयी भएका छन् । दुबै सिंह र थापा निकट हुन् ।
क्षेत्र नम्बर ३ को (क) मा श्रीराम चालिसे तथा ख) मा विमल ठकुरी विजयी भएका छन् । चालिसे सिंह र थापा निकट मानिन्छन् भने ठकुरी भीमसेनदास निकट हुन् ।
क्षेत्र नम्बर ४ को (क) मा विमलकुमार होडा र (ख) मा रामप्रसाद लुइँटेल सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । उनीहरु सिंह र थापा निकट मानिन्छन ।
क्षेत्र नम्बर ५ को (क) मा दिनेश डङ्गोल र (ख) मा राजु खड्का सभापति भएका छन् । दुबै सिंह निकट मानिन्छन् ।
क्षेत्र नम्बर ६ को (क) मा ख्यामराज तिवारी सभापति बनेका छन् । उनी सिंह निकट मानिन्छन् ।
क्षेत्र नम्बर ६ कै (ख) मा विष्णुभक्त तिमिल्सिना सभापति जितेका छन् । तिमिल्सिना भीमसेनदास निकट मानिन्छन् ।
क्षेत्र नम्बर ७ को (क) मा नविन मानन्धर र (ख) मा वासुदेव लामा सभापतिमा विजयी भए । दुबै सिंह निकट हुन् ।
क्षेत्र नम्बर ८ को (क) मा ईन्द्रमानसिंह सुवाल र (ख) मा शिव खनाल सभापति पदमा निर्वाचित भएका छन् । दुबै सिंह र थापा निकट हुन् ।
क्षेत्र नम्बर ९ को (क) मा मोहनबहादुर बस्नेत र (ख) मा राजेन्द्र भट्टराई सभापतिमा विजयी भएका छन् ।
क्षेत्र नम्बर १० को (क) मा शैलेश मानन्धर र (ख) मा धर्मानन्द श्रेष्ठ १० प्रतिनिधिसभा क्षेत्रबाट क्षेत्रीय सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
काठमाडौं सिंह र थापाको राम्रो पकड रहेको जिल्ला मानिन्छ । १४ औं महाधिवेशनमा सिंह सभापतिको दाबेदार हुन् भने थापा महामन्त्रीका दाबेदार छन् ।
कांग्रेसले मंसिर १० मा जिल्ला अधिवेशन, मंसिर १६ र १७ मा सातै प्रदेशमा अधिवेशन गर्दैछ । आगामी मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन भने काठमाडौंमा हुँदैछ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















UML Chair undergoes surgery
वर्षको अन्तिम दिन घट्यो सेयर बजार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया