प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्न देउवाको शुभकामना

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सोमबार देशका ६० जिल्लमा हुने लागेको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका लागि शुभकामना दिएका छन् । प्रधानमन्त्रीसमेत रहेका उनले अधिवेशन सफल पार्न आग्रह गर्दै शुभकामना दिएका हुन् ।
नेपाली कांग्रेसले आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्न बाँकी भएको जिल्लाहरूमा अधिवेशन गर्ने भएको हो । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सकेको जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने लागेको अवसरमा सभापति देउवाले शुभकामना दिँदै सफल पार्न आग्रह गरेका हुन् ।
यसअघि गत ४ गते रुपन्देही क्षेत्र नम्बर ३ मा क्षेत्रीय अधिवेशनको मतगणना चलिरहँदा पार्टीको एकअर्का समूहबीच कुटाकुट हुँदा पाँच जना घाइते भएका थिए । उक्त घटनामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले देउवा समूहबाट र देउवासमूहले पौडेलसमूहबाट आक्रमण भएको आरोप लगाएका थिए ।
कांग्रेसमा एक प्रतिनिधिसभा क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि केन्द्रमा आउने व्यवस्था छ । कांग्रेसले यसअघि १४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । यी जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भई कार्यसमिति र प्रतिनिधिसमेतको टुंगो लागिसकेको छ ।
कांग्रेसले आज ६० जिल्लाका १४८ प्रतिनिधिसभा क्षेत्रमा अधिवेशन गर्ने भएको हो । कांग्रेसले आगामी मंसिर मंसिर २४ देखि २६ गते केन्द्रीय महाधिवेशन गर्ने भएको छ ।


















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया