प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन माग गर्दै सभामुखलाई पत्र

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाउन माग्दै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई पत्र बुझाउने भएको छ । सोमबार दिउँसो २ बजे सभामुखलाई भेटेर महाअभियोगबारे पत्र पेश गर्ने नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।
यस्तै, उनले देशको न्यायापालिकामा देखिएको यति ठूलो समस्याको समाधानमा शीर्ष नेताहरू मौन बसेको आरोप लगाए । ‘न्यायापालिकामा यत्रो विवाद हुँदा दलहरू कानमा तेल र मुखमा बुझो लगाएर बसेको छ, न्यायापालिका राज्यको अंग होइन ?,’ अध्यक्ष श्रेष्ठले भने, ‘ प्रतिनिधिसभामा हामीले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन माग्दै गर्दै पत्र बुझाउने तयारी गरेका छौँ ।’
नेपाल बार परिसरमा भएको आन्दोलनलाई सम्बोधन गर्दै उनले न्यायापालिकामा विसंगति, विकृति र विचौलिया व्यप्त भएको बताए । उनल सोझा जनताको मुद्दा नहेरिरहेको भन्दै प्रधानन्यायाधीश जबराले अर्बौंको कमिसन हुने मुद्दा मात्रै हेर्दै आएको आरोप लगाए ।
उनले न्यायापालिकाको सुधारका लागि प्रधानन्यायाधीशको राजीनामाले मात्रै नपुग्ने बताएका थिए । उनको राजीनामा माग गरिए पनि कुनै संकेत नदेखिएको भन्दै न्यायापालिकाको ९० वटा बार एकाई संगठनहरूले आ–आफ्नो ठाउँबाट आन्दोलन गर्दै आएको छ ।















कोरलानाकामा जिप दुर्घटना हुँदा चालक घाइते
अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल
भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु
काठमाडौँमा दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया