आयल निगमलाई चन्दा दिन विद्यार्थी संगठनले एक रुपैयाँ उठाउने

काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिविरुद्ध आन्दोलन गर्दै आएको विद्यार्थी संगठनहरूले एक रुपैयाँ उठाएर नेपाल आयल निगमलाई दिने भएको छ । संयुक्त विद्यार्थी संगठनले मंगलबार शान्ति वाटिकामा प्रदर्शन गरी पैसा उठाएर निगमलाई दिने भएको हो ।
शान्ति वाटिकामा कार्यक्रम राखेर एक रुपैयाँ संकलन गरी आयल निगमलाई बुझाउने अखिल क्रान्तिकारीका नेता मिलन एमसीले जानकारी दिए ।
‘उपभोक्तालाई मारमा पारेर पेट्रोलियम पदार्थको वृद्धिप्रति हाम्रो आन्दोलन जारी छ, वैज्ञानिक ढंगले मूल्य घटाइनु पर्छ,’ उनले भने, ‘आयल निगमका कर्मचारीलाई पैसा नपुगेन भन्दैमा जनतालाई मारमा पार्न पाइदैन, त्यसैले हामीहरूले एक–एक रुपैयाँ उठाएर निगमलाई दिने भएका हौँ ।’
आन्दोलनमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निटक अनेरास्ववियू, जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंले मूल्य वृद्धिविरुद्ध आन्दोलन गर्दै आएको छ ।









नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
जेनजीसँगको सम्झौता मन्त्रिपरिषदबाट अनुमोदन
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित सात जनाविरूद्ध मुद्दा
वेवारिसे अवस्थामा मोरङबाट ९२१ किलो ६६ ग्राम गाँजा बरामद
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एमाले महाधिवेशनको तयारी तीव्र
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
प्रतिक्रिया