एमाले महाधिवेशन
आकांक्षी उम्मेदवारको भोट माग्ने नयाँ शैली
उम्मेदवार टुंगाे नलागेपनि आकांक्षी नेताहरुले एसएमएसबाटै भाेट माग्न थाले

काठमाडौं । नेकपा एमालेले सर्वसम्मत नेतृत्व चयन गर्ने बताइरहँदा उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै अब त्यो सम्भावना टरेको छ । घनश्याम भुसालले पनि आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा तयारी गरेका छन् । सम्भवतः उनले उपाध्यक्षमा उम्मेदवारी दिनेछन् ।
महासचिवमा सार्वजनिक कसैले पनि औपचारिक रुपमा मुख नखोले पनि सार्वजनिक सञ्चारमाध्यममा अन्तर्वार्ताका क्रममा विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र सुरेन्द्र पाण्डेले आकांक्षा देखाएका छन् ।
सचिव पदका आकांक्षी त झण्डै दुई दर्जन नेताहरु छन् ।
एमालेले गत असोजमा पार्टीको पहिलो विधान अधिवेशन गरेर अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष , एक एक जना महासचिव र उपमहासचिव तथा ७ जना सचिव गरी १५ जना पदाधिकारी रहने गरी विधानको ब्यवस्था गरेको छ ।
त्यही विधानको ब्यवस्थाका आधारमा अव एमालेले पार्टीको दशौं महाधिवेशनवाट नयाँ नेतृत्व चयन गर्नुपर्नेछ । यद्यपी, नेताहरुको ब्यवस्थापनका लागि अझै पनि उपाध्यक्ष र उपमहासचिव पद थप गरेर भएपनि मिलाउनुपर्ने दवाब नेतृत्वमा छ । तर ओली यसमा सकारात्मक भइसकेका छैनन्।
महाधिवेशन आउन अब ४ दिन मात्रै बकी छ । तर नेतृत्व (केपी ओली)ले सर्वसम्मत चयन गर्नुपर्नेमा जोड दिइरहेको र ओलीको निगाहबिना कसैले पनि उम्मेदवारी दिएर चुनावै भएपनि जित्न सक्ने अवस्था नदेखिएको कारण आकांक्षी नेताहरु तैं चुप मैं चुपको अवस्थामा छन् ।
ओलीको आकाक्षा सकभर पदाधिकारी १५ पदमा चुनाव गराउनै नदिने भन्ने थियो । एमालेमा आफू सर्वसम्मत रहेको र तत्काललाई आफ्नो विकल्प नरहेको सन्देश दिन पनि ओलीको भित्री आकांक्षा थियो ।
तर केन्द्रीय सदस्यका आकांक्षी धेरै भएकोले केन्द्रीय सदस्यमा भने प्यानल नबनाई आकांक्षीहरुकाबीचमा चुनाव हुन दिने ओलीकाे चाहना थियो । तर त्यो अवस्था नदेखिएपछि कतै चुनाव नै भइहाल्छ की भन्ने अहिले पदाधिकारीका आकांक्षी नेताहरुसम्मलाई लाग्न थालेको छ ।
सोही कारण अहिले पदाधिकारीदेखि केन्द्रीय सदस्यका बलिया दाबेदार नेताहरु महाधिवेशन प्रतिनिधिसँग पुग्ने माध्यमको खोजीमा जुटेका छन् ।त्यसका लागि उनीहरुले महाधिवेशन प्रतिनिधिमा छानिएकाहरुलाई एसएमएस क्याम्पियन थालेका छन् । महाधिवेशन प्रतिनिधिको नामै उल्लेख गरेर उनीहरुले घुमाउरो शैलीमा आफ्नो उपस्थिति जनाउन खोजेका छन् ।
यसरी एसएमएसमार्फत बलियो उपस्थिति महाधिवेशन प्रतिनिधिमा देखाइरहेका नेता हुन् – योगेश भटराई, ऐन महर, पृथ्वीसुब्बा गुरुङ, शेरबहादुर तामाङ, सुरेन्द्र पाण्डे, रश्मी आचार्य, निरज आचार्य र समिर नेपाल लगायतका छन् । योगेश फेरि एक कार्यकाल पदाधिकारी थप नहुँदा सचिवमै दोहोरिन चाहेका छन् । पृथ्वी सुब्बाको सक्दा महासचिव ताकेर उपाध्यक्षतिर अहिले सुरक्षित हुने दाउ देखिन्छ । सुरेन्द्र पाण्डे महासचिव या उपाध्यक्षका आकांक्षी छन् । शेरबहादुर तामाङ पनि सचिवका आकांक्षी हुन् । ऐन महर, सुरेश नेपाल, रश्मी आचार्य, निरज आचार्य लगायतका नेताहरु केन्द्रीय समितिमा सुरक्षित हुन चाहिरहेका छन् ।
यसले पनि उनीहरु महाधिवेशन प्रतिनिधिकाबीचमा कसरी पुग्ने भन्ने माध्यमको खोजीमा छन् । त्यही क्रममा उनले महाधिवेशन प्रतिनिधिलाई बधाई तथा शुभकामना साट्दै एकतावद्ध एमाले निर्माण महाधिवेशनबाट निस्कदा बनाउनुपर्ने, एमालेलाई रुपान्तरण गरेर आउनुपर्ने लगायतका नारा एसएमएसमार्फत नै दिइरहेका छन् ।
सबै जसोले महाधिवेशन प्रतिनिधि चयन भएकोमा प्रतिनिधिलाई बधाई दिँदै अबको एमाले कस्तो बनाउने भन्नेसम्मको सन्देशमार्फत् आफनो धारणा एमसएमएसबाटै ब्यक्त गरेका छन् ।
‘पार्टीले सर्वसम्मत गर्छ या चुनाव ? अध्यक्षको मुख ताकेका होलान् नेताहरुले । उम्मेदवारी घोषणा गर्न सकेका छैनन् । त्यही भएर आकांक्षी नेताहरुले यो भोट माग्ने नयाँ शैली अपनाएका हुन्,’ एसएमएस प्राप्त गरेका एमाले महाधिवेशन प्रतिनिधि भास्कर प्रधानाङले मेरो न्युजसँग भने ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया