एमाले सचिवमा उम्मेदवारी दिने महेश बस्नेतको घोषणा

भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
भक्तपुर मध्यपुरथिमिको सम्पर्क कार्यालयमा सोमवार आफ्नो धारणा सार्वजनिक गर्दै उनले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पूर्वमन्त्रीसमेत रहेका बस्नेत एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र मानिन्छन् ।
एमाले विभाजनकाबेला बस्नेत ओलीका पक्षमा देशब्यापीमा अभियानमा हिँडेका थिए । एमाले युवा संगठनकोसमेत नेतृत्व सम्हालिसकेका उनी एमाले युवा पुस्तामा पनि लोकप्रिय छन् ।
अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा मुलुकको युवा शक्तिलाई परिचालन गर्न आफूले सचिव पदमा उम्मदवारी दिन लागेको उनले बताए ।
बस्नेतले आफूले पार्टीको सचिवमा उम्मेदवारी दिनका लागि केही आधारहरुसमेत प्रस्तुत गरेका थिए । एमाले अध्यक्षमा नेता भीम रावलले उम्मेदवारी घोषणा गरिसकेका छन् । एमालेको महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।















कोरलानाकामा जिप दुर्घटना हुँदा चालक घाइते
अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल
भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया