सोमबार, चैत ३०, २०८२

कांग्रेस निर्वाचन समिति संयोजक यादव र अनसनकारीबीच भनाभन (भिडियोसहित)

यादवको प्रष्टिकरण– डडेलधुरा अधिवेशनका कारण राजीनामा दिएको थिएँ

मेरोन्यूज २०७८ मंसिर ६ गते १६:४२

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका क्रममा डडेलधुराको अधिवेशनकोविरुद्ध अनसनरत कार्यकर्ता र पार्टी निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवबीच भनाभन भएको छ ।

नेपाली कांग्रेस डडेलधुराको अधिवेशन बदर गरेर पुनः अधिवेशनको मागसहित निर्वाचन समितिलाईमा उजुरी दिने क्रममा सोमवार अनसनकारी र समिति संयोजकबीच भनाभन भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence



डडेलधुराको अधिवेशनको विषयलाई लिएर कांग्रेस डडेलधुरा सभापतिसहितका कार्यकर्ताहरु झण्डै एक साताअघिदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसनरत छन् ।

गत मंसिर १ गतेदेखि सानेपा केन्द्रिय पार्टी कार्यालय सानेपामा डडेलधुरा सभापति कर्ण मल्ल लगायतका कार्यकर्ता अनसनरत रहेका छन् ।
अनसनरत सभापति मल्लले अहिले भएको प्रदेश सभा अधिवेशन भएको हुदाँ त्यो बदर गरेर वडा अधिवेशन गर्नुपर्ने मागसहित निर्वाचन समितिमा उजुरीमा उल्लेख गरिएको बताए । मल्लले आफूहरुको माग आजै पूरा गर्न यादवलाई आग्रह गरे ।

मल्लले भने, ‘३० वर्षदेखि कांग्रेसमा लागेकाहरुको अहिले सदस्यबाट नै हटाउँदा मन कति पीडा भएको छ ।’ मल्लले वडा अधिवेशन रोक्न पटक पटक निवेदन गर्दा पनि कुनै सुनाई नभएको बताए ।

सर्लाहीका दुबै समूहकालाई निर्वाचन समितिले बोलाएर छलफल गरे पनि डडेलधुराको विषयमा किन छलफल नगरेको भन्दै निर्वाचन समिति संयोजक यादवलाई प्रश्न गरे ।

जवाफमा निर्वाचन संयोजक महादेवप्रसाद यादवले निर्वाचन अधिकृत लोकेन्द्र बमले अधिवेशन गर्न सक्छु भनेपछि निर्वाचन गर्न आफूले नै भनेको बताए ।

‘सर्लाहीका निर्वाचन अधिकृतले अधिवेशन गर्न सक्दैनौं भनेपछि हामीले दुबै समुह बोलाएर छलफल गरेका हौं ।’– यादवले भने । उनले डडेलधुरा र सर्लाहीको अहिलेको विवाद एउटै नभएको पनि स्पष्ट गरे ।

निर्वाचन समितिका संयोजक यादवले डडेलधुराका अधिवेशनका मान्यता दिने कि नदिने विषयमा छलफल भइरहेको बताए ।

प्रतिक्रिया