बुधबार, फागुन २०, २०८२

सिटिजन्स बैंकको आफ्नै भवनबाट बैंकिङ सेवा सुरु

मेरोन्यूज २०७८ मंसिर ६ गते १८:२५

काठमाडौं । सिटिजन्स बैंकले काठमाडौंको कमलादीस्थित आफ्नै भवनबाट सेवा सुरु गरेको छ । सोमवार काउन्टर विस्तार गर्दै सेवा शुरु गरेको हो ।

यसअघि बैंकको प्रधान कार्यालय नारायणहिटी पथमा रहेको प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्दे आइरहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

ग्राहकहरूलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले कमलादीमा आफ्नै भवनबाट विशेष बैंकिङ्ग सेवा सुरु गरिएको नायव प्रमुख कार्यकारी अधिकृत पारस कुमार काफ्ले बताए ।

सिटिजन्स बैंकले देशैभरी आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ११३ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट सेवा दिँ दै आएको छ ।
बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–इन गरेर काउन्टरमा भएको क्यूआरकोड स्क्यान गरी खाताबाट रकम झिक्न मिल्ने ब्यवस्था मिलाएको छ । साथै मोबाइल बैंकिङ्गको पिन नम्बर बिर्सेमा घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालन गरेको पनि काफ्लेले बताए ।

साथै सिटिजन्स बैंकमा बचत खाता सञ्चालन गर्दै आएका ग्राहकलाई बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, शेयर कारोबारको सहजीकरणका लागि डि—म्याट तथा आस्वा सेवा, कार्ड लगायतका विद्युतीय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको जनाएको छ ।

प्रतिक्रिया