एमाले अधिवेशन : घेराबन्दीमा ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहभित्रै ओलीपछिको नेतृत्वमा ध्रुवीकरण हुँदा महासचिव ईश्वर पोखरेल घेराबन्दीमा परेका छन् । संसदीय दलका नेता सुवास नेम्वाङ, उपमहासचिव घनश्याम भुसालले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएपछि पोखरेल घेराबन्दीमा परेका हुन् ।
विधान महाधिवेशनबाट सुरक्षित तबरले पार्टीभित्र वरिष्ठ तहमा रहने उपाएको खोजीमा रहेका पोखरेल वरिष्ठ उपाध्यक्ष पद तय गराउन सफल भए पनि अहिले सो पदमा नेम्वाङले दाबी गरेपछि पोखरेललाई संकट उत्पन्न भएको छ । तीन दिनयता उनले आफू निकट रहेका नेताहरुलाई सुवास नेम्वाङ फकाउन लगाए पनि नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछाड्ने बरु चुनाव लड्ने जनाएका छन् ।
पार्टी अध्यक्षमा ओलीलाई सर्वसम्मत छोड्न तयार भए पनि पदाधिकारीमा ओली समूह विभाजित भएको छ । पदाधिकारीमा ओली समूहका नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाललगायतको एउटा समूह र विष्णु पौडेलको सुवास नेम्वाङ, पृथ्वी सुब्बा गुरुङलगयात अर्को समूह बन्ने सम्भावना रहेकाले पोखरेलका सहज अवस्था नभएको नेताहरूको दाबी छ ।
महासचिव पोखरेल र नेम्वाङ दुवैले प्रदेश स्तरीय प्रतिनीधि र उपलब्ध अगुवा नेताहरूसँग छलफल गरिरहेका छन् । ओलीपछिको पदमा आफ्नो दाबी रहेको बताएका नेम्वाङले भेटघाटलाई तीव्र बनाएका छन् । महासचिव भएका नाताले पोखरेलले पनि भेटघाटलाई तीव्रता दिइरहेको भए पनि उनले सकारात्मक जवाफ पाउन सकेका छैनन् । खासगरी पूर्व माओवादीका नेता र १० बुँदे सहमतिपछि पार्टीमा फर्केका नेताहरुले पोखरेललाई सकारात्मक रुपमा नलिएपछि उनी निकै अप्ठेरोमा परेका हुन् ।
नवौँ महाधिवेशनमा पनि झिनो मतले मात्रै विजयी भएका पोखरेलका लागि यो महाधिवेशन त्यति सहज नभएको उनी निकट रहेका नेताहरुले बताएका छन् । ‘अहिले पार्टी अध्यक्षमा ओलीलाई सर्वसम्मत बनाउनु पर्छ भन्नेमा पोखरेल र नेम्वाङ दुवै सहमत रहेका छन् तर पदाधिकारीमा भने वरिष्ठ उपाध्यक्षदेखि, उपाध्यक्ष, महासचिव उपमहासचिव र सचिवसम्मै यो समूह अलग भएको आभाष हुन्छ । दुवै पक्षले आफ्नो समूहको तर्फबाट यतिबेला प्रदेश–प्रदेशमा समन्वय गरिरहेका छन्’, एक नेताले भने । उनका अनुसार उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका थिए । तर, नेम्वाङले अहिलेसम्म औपचारिक घोषणा भने गरेका छैनन् ।
महासचिवको पहिलो हकदार रहेका विष्णु पौडेलले ओली नै अहिलेको आवश्यकता भएको बताएका छन् । तर, उनले आफू कुन पोजिसनमा उठ्ने भन्ने बारेमा केही बताएका छैनन् । उनले पनि महाधिवेशनमा उम्मेदवारी भने घोषणा गरेका छैनन् । पोखरेलले पौडेललाई महासचिवमा ल्याउन रूची नदेखाएपछि पौडेलसहितको समीकरण बनेमा पोखरेल स्वतः पराजित हुने अनुमान गरिएको छ ।
देशव्यापी रुपमा नेटवर्क राम्रो भएका पौडेलले नेम्वाङलाई सहयोग गर्ने खतरा बढिरहेको छ । ‘पौडेल र पूर्व माओवादीले नेम्वाङलाई सहयोग गरे पोखरेलले पराजय भोग्ने खतरा बढेको छ’, एक नेताको दाबी छ ।

















Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सबैमा धन्यवाद
Voting concludes: EC says nearly 60 percent voter turnout
PM Karki, her Qatari counterpart hold phone talks, discuss Nepalis’ security in West Asia
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
प्रतिक्रिया