कांग्रेस महाधिवेशन : यी नेताका श्रीमतिदेखि छोराछोरी बने महाधिवेशन प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तगर्तका विभिन्न अधिवेशन जारी छ । नेतृत्वमा आउन नसके सक्रिय राजनीतिबाटै बाहिरिनुपर्ने जोखिममा रहेका नेताहरूले श्रीमतीदेखि छोराछोरीलाई नै सक्रिय राजनीतिमा अगाडि बढाएका छन् । महाधिवेशन प्रतिनिधि छान्ने क्रममा शीर्ष नेताहरुका आफन्तहरु पनि महाधिवेशन प्रतिनिधि भएका आएका छन् ।
कुन नेताका को आए महाधिवेशन प्रतिनिधि ?
प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा पनि महाधिवेशन प्रतिनिधि आएकी छन् । आरजु डडेलधुराबाट निर्विरोध महाधिवेशन प्रतिनिधि बनेकी छन् ।
देउवाका भाइ र भतिजा पनि महाधिवेशन प्रतिनिधि भएका छन् । भतिजा प्रकाश देउवा (डा.आरजुका स्वकीय सचिव) र भाइ लोकबहादुर देउवा महाधिवेशन प्रतिनिधि भएका छन् ।
त्यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पनि महाधिवेशन प्रतिनिधि चुनिएकी छिन् । कास्की क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि जितेकी हुन् । ४ पदका लागि ११ उम्मेदवार मध्ये संज्ञाले दोस्रो लोकप्रिय मत ल्याईन् । भने छोरा चिन्तन बेलायतबाट छनोट हुन बाँकी छ ।
पूर्व महामन्त्री प्रकाशमान सिंहका छोरा र श्रीमती महाधिवेशन प्रतिनिधि भएका छन् । काठमाडौं क्षेत्र नम्बर ७ बाट सिर्जना र प्रभासमान सर्वसम्मतरुपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । ११ औं महाधिवेशनमा प्रकाशमान जेलमा भएका बेला सिर्जना महाधिवेशन प्रतिनिधि बनेकी थिइन् । तर, त्यसयता सिर्जना भूमिकाविहीन थिइन् ।
स्वर्गीय खुमबहादुर खड्काका छोरा अनुराग महाधिवेशन प्रतिनिधि भएका छन् । अनुराग दाङको क्षेत्र नम्बर १ बाट सर्वाधित मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
उनी खुलातर्फ १० पदमा २१ प्रतिस्पर्धी थिए । अनुरागले कुल ६८५ मत झरेकोमध्ये ४९७ मत पाए । खड्काकी श्रीमती शिला केन्द्रीय समितिमै छिन् ।
उपसभापति विजयकुमार गच्छदारका कान्छा छोरा सुवास महाधिवेशन प्रतिनिधि भएका छन् । पार्टीको केन्द्रीय उपसभापतिका आकांक्षी गच्छदारले आफ्ना छोरा मोरङको क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधि बनेका हुन् ।
बेलायतबाट इलेक्ट्रिल इलेक्ट्रोनिक्समा इन्जिनियरिङ गरेका ४० वर्षीय उनले बाबुको राजनिति विरासतलाई अघि बढाउने घोषणा गरेका छन् । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाका छोरा श्याम पनि महाधिवेशन प्रतिनिधि बन्न सफल भएका छन् ।
सहमहामन्त्री डा.प्रकाशशरण महतकी श्रीमती बिना पनि महाधिवेशन प्रतिनिधि भएकी छिन् । केन्द्रीय सदस्य डा.रामशरण महतकी श्रीमती रोसना पनि महाधिवेशन प्रतिनिधि भइसकेकी छिन् । उनी पहिलो पटक महाधिवेशन प्रतिनिधि बनेकी हुन् ।
स्वर्गीय नविन्द्रराज जोशीकी श्रीमती सपना पनि महाधिवेशन प्रतिनिधि चुनिएकी छिन् । उनको राजनीतिमा यो पहिलो पाइला हो । केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीका भाइहरु केदार र कांग्रेसको राजनीतिमा पहिलेदेखि नै सक्रिय छन् ।
केन्द्रीय सदस्य मोहन बस्नेतले श्रीमती माण्डवी राणा बस्नेतलाई ल्याउँदैछन् । भोलि निर्वाचन हुँदैछ । केही जिल्लामा अझै महाधिवेशन प्रतिनिधि चुनिने क्रम जारी रहेको छ । राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले दक्षिण एसियाली देशहरूको नक्कल नेपालको राजनीति परेको देखिएको बताए ।
कांग्रेस जस्तो लोकतन्त्रवादी नेतृत्व चयन गर्दा सैद्धान्तिक वैचारिक योगदानको मुल्यांकन नहुनु नै नहुनु आफैमा गलत भएको उनको भनाई छ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

















रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै
काठमाडौँका यी स्थानमा हुँदैछ मतगणना
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापामा ६५ प्रतिशत मत खस्यो, आजै रातिदेखि मतगणना
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
प्रतिक्रिया