वर्षमान पुनको स्वास्थ्यमा थप समस्या, उपचारका लागि बैंककबाट चीन लगियो

काठमाडौं । विगत डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराईरहेका नेकपा माओवादीका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री वर्षमान पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज लगिएको छ । पुनको स्वास्थ्यमा सुधार आउन नसकेको र समितिभेज अस्पतालले थप उपचार गर्न नसक्ने बताएपछि पुनलाई चिकित्सकहरुको सल्लाहमै चीनको थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज लगिएको हो ।
विश्वमै विरलै देखिने जटिल प्रकृतिको जण्डिसले सताएका कारण पुन अस्वस्थ्थ रहँदै आएका थिए ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पुनका स्वकिय सचिव भएर काम गरिसकेका दुर्गा चापागाँईले उपचारका लागि पुनलाई चीन तर्फ लगिएको जानकारी दिए ।
नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेनजेन उडेका छन् । उनीहरु आजै दिउँसोसम्म अस्पताल पुगेर उपचार सुरु गर्ने गरी उडेको चापागाँईले जानकारी दिए ।
काठमाण्डौंबाट बैंकक लैजाँदा जण्डिस (बिलरुविन0 को तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ । जण्डिससँगै शरिरका अन्य अंगहरुमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लैजानु परेको चापागाँईले बताएका छन् ।
कोरोनाको संक्रमणको त्रास र आवत जावतमा चीन सरकारले लगाएको कडा मापदण्डका कारण थप उपचारका लागि चीन लैजानका लागि चिनियाँ पक्षसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै पहल गरेका थिए ।
बंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंकक तर्फ लागेका थिए ।


















आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
प्रतिक्रिया