थप ३०८ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर १० गते १६:२७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ७ हजार १ सय ४ जनाको पीसीआर परीक्षण गर्दा २८१ जना र १ हजार ८ सय ५ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगे नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ७०९ पुगेको छ ।
यस्तै, कोरोना संक्रमण पुष्टी भई पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ ।
कोरोना संक्रमण पुष्टी भएका थप २९८ जना पछिल्लो २४ घण्टाको अवधिमा संक्रमणमुक्त भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार देशभरबाट अहिलेसम्म ८ लाख १ हजार ४२० जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३४९ रहेको छ ।
सम्बन्धित











तनहुँमा ५९ हजार कुखुराको बिमा
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया