थप ३०८ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर १० गते १६:२७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ७ हजार १ सय ४ जनाको पीसीआर परीक्षण गर्दा २८१ जना र १ हजार ८ सय ५ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगे नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ७०९ पुगेको छ ।
यस्तै, कोरोना संक्रमण पुष्टी भई पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ ।
कोरोना संक्रमण पुष्टी भएका थप २९८ जना पछिल्लो २४ घण्टाको अवधिमा संक्रमणमुक्त भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार देशभरबाट अहिलेसम्म ८ लाख १ हजार ४२० जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३४९ रहेको छ ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया