एनआईसी एशिया बैंकलाई आईएसको प्रमाणपत्र

काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ ।
आईएसओबाट मान्यता प्राप्त आईएसओ २७००१ः २०१३ मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ । आफ्ना ग्राहक महानुभावहरुको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता विवरणहरुको सुरक्षणको सुनिश्चितता देखाए वापत बैंकलाई क्वालिटी अष्ट्रियासँग आबद्ध सर्फिफिकेशन एण्ड इन्फरमेशन सेक्युरिटी सर्भिस जीएमबीएचले प्रमाणपत्र प्रदान गरेको हो ।
यस उपलब्धिले बैंकलाई भविष्यमा अझ सुरक्षित रुपमा ग्राहक महानुभावहरुको वित्तीय एवं व्यक्तिगत जानकारी भण्डारण एवं प्रयोग गर्न प्रोत्साहन मिल्ने बैंकले विश्वास लिएको नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले बताए ।
देशभर ३५८ शाखा कार्यालयहरू रहेको एनआईसी एशिया बैंकले ४७३ एटिएम, ६८ वटा विस्तारित काउन्टर तथा ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
यो बैंकको २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरू मार्फत ग्राहक महानुभावहरू माझ सञ्चालनमा रहेको जनाइएको छ ।











वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया