दक्षिण अफ्रिकामा भेटियो कोरोनाको नयाँ भेरियन्ट
खोपले काम नगर्ने विज्ञहरुकाे चिन्ता

काठमाडौँ । दक्षिण अफ्रिकामा कोरोना भाइरस (कोभिड १९) को नयाँ भेरियन्ट देखापरेको छ ।
उक्त भेरियन्ट अहिलेसम्म देखापरेका कोरोना भाइरसको सबैभन्दा खराब भेरियन्ट रहेको बेलायतका विज्ञहरुले दाबी गरेका छन् ।
‘बी.१.१.५२९’ नाम दिइएको यो भेरियन्ट धेरै संख्यामा उत्परिवर्तित भएको विज्ञहरुले बताएका छन् ।
कोभिडविरुद्ध बनेका खोपसमेत नयाँ भेरियन्टमा प्रभावकारी नहुन सक्ने भन्दै विज्ञहरुले चिन्ता ब्यक्त गरेका छन् ।
यसअघि देखिएका भेरियन्टमध्ये यो धेरै भिन्न र उत्परिवर्तनको अस्वाभाविक समूह रहेको दक्षिण अफ्रिकास्थित सेन्टर फर इपिडेमिक रेस्पोन्स एण्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलिओ डी ओलिभियरालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
यो भेरियन्टमा ५० वटा उत्परिवर्तन भएको र ३० भन्दा बढी उत्परिवर्तन केवल स्पाइक प्रोटिनमा मात्रै भएको पनि प्राध्यापक ओलिभियराले बताएका छन् ।
दक्षिण अफ्रिकामा कोभिड १९ को नयाँ भेरिएन्ट देखिएपछि बेलायती पर्यटकहरू दक्षिण अफ्रिकाबाट धमाधम घर फर्किन थालेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
नयाँ भेरियन्ट फैलिएसँगै बेलायतले दक्षिण अफ्रिकी ६ वटा देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध लगाउने भएको छ ।
दक्षिण अफ्रिका, नामिबिया, लेसोथो, बोत्सवाना, इसवाटिनी र जिम्बावेका फ्लाइट शुक्रबार राति १२ बजेदेखि आइतबार ४ बजेसम्मका लागि स्थगित गरिएको छ ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया