शुक्रबार, वैशाख ४, २०८३

दार्चुला कांग्रेस सभापतिमा संस्थापनइतरका बोहरा निर्वाचित

मेरोन्यूज २०७८ मंसिर ११ गते ९:४५

काठमाडौँ । नेपाली कांग्रेस दार्चुलाको सभापतिमा ललितसिंह बोहरा निर्वाचित भएका छन् । संस्थापनइतर पक्षका उनले संस्थापन पक्षका उम्मेदवार अमरसिंह धामीलाई पराजीत गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

धामीले ३ सय ११ मतले पराजित मत ल्याउँदा बोहराले ६ सय २० मत मत ल्याए । उपसभापतिमा ललितसिंह ठगुन्ना र महादेब बडू विजयी भए ।

सचिवमा पुलेन्द्र कार्की र माधवराज भट्ट विजयी भएका छन् । सहसचिवमा राजु अवस्थी र राजेन्द्रप्रशाद जोशी विजयी भएका छन् । यस्तै, पदाधिकारी र कार्य समितिमा समेत अधिकांश पदमा बोहरा प्यानलको विजयी भएका छन् ।

प्रतिक्रिया