नवलपरासीमा सभापतिसहित पौडेल पक्ष बिजयी

काठमाडौं । पश्चिम नवलपरासी जिल्लामा नेपाली कांग्रेसका रामचन्द्र पौडेल समूहले सभापतिसहित बहुमत सदस्य जितेका छन् ।
पार्टीको १४ औं महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनबाट सभापतिसहित बहुमत सदस्यमा पौडेल समूह विजयी भएको हो ।
नेपाली कांग्रेसको पौडेल समूहका सभापतिका उम्मेदवार अर्जुनकुमार पोखरेल ७५६ मत ल्याएर विजयी भएका हुन् ।
देउवा समूहका शर्मा १ सय ९५ मतअन्तरले पराजित भए । शर्माले ५६१ मत मात्रै ल्याए । सभापतिमा विजयी भएका पोखरेल यसअघि जिल्ला उपाध्यक्ष रहेका थिए ।
कांग्रेसको पदाधिकारीमा २/२ जना उपसभापति, सचिव र सहसचिव रहने प्रावधान छ । जसअनुसार उपसभापतिमा विक्रमप्रसाद यादव र अनिल गौड विजयी भएका छन् । सचिवमा कुलदीपप्रसाद आचार्य र उमेशचन्द्र यादव विजयी भएका छन् । सहसचिवमा दीपक बराल र सन्तबहादुर गाहा निर्वाचित भएका छन् ।
जिल्लामा देउवा गुटमा रहेका केन्द्रीय सदस्य एंव पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको एउटा गुट छ भने संविधानसभा सदस्यद्वय विक्रम खनाल र देवकरण जयसवालको संयुक्त गुट छ ।


















आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
प्रतिक्रिया