महाधिवेशन वन्दशत्र स्थलमा भीम रावलको पर्चा
पर्चा नबाँड्न भन्दै रावलका समर्थकलाई स्वयंसेवकले निकाले बाहिर

चितवन । नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएरै छोड्ने घोषणा गरेका एमाले नेता भीम रावलको पर्चा वन्दशत्र स्थलमा पुगेको छ । अध्यक्ष पदमा मेरो उम्मेदवारी किन ? भन्ने पर्चा रावल पक्षका नेता कार्यकर्ताले महाधिवेशनको वन्दशत्र स्थलमा पुराएका हुन् । उनीहरुले महाधिवेशन प्रतिनिधीलाई उक्त पर्चा वितरण समेत गरेका छन् ।
पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाइदिएका छन् ।
रावलले पर्चामा आफुले उम्मेदवारी दिनुपर्नाको कारणबारे उल्लेख गरेका छन् । ओली पक्षका नेताहरु अझै पनि रावललाई फकाउन कसरथ गरिरहेका बेला रावल पक्षका नेता कार्यकर्ता भने वन्दसत्र स्थलमै पर्चा बोकेर पुगेका हुन् । रावल सहमतिमा आए उनलाई उपाध्यक्ष पदमै दोहोराउने ओलीको प्रस्ताव छ ।
तर रावल सहमतिमा नआए ओलीले आज वन्दशत्रमा पेश गर्ने प्रस्तावमा रावलले सहमति नजनाए उनको र ओलीको पक्षमा वन्दशत्र हलभित्रै ध्वनी मतवाट वहुमत अल्पमत गराउने तयारी एमालेले गरेको छ ।
तर रावलले भने ध्वनी मतवाट हुने चुनाव मान्य नहुने र गोप्य मतदान नै हुनेपर्ने वताईरहेका छन् ।
रावलले पर्चा आफु निकट नेता कार्यकर्तामार्फत महाधिवेशन प्रतिनिधीलाई वाड्न थालेपछि भने पर्चा हातमा लिइसकेका प्रतिनिधिहरूलाई पनि स्वयंसेवकहरुले बाहिर ननिकाल्न र खल्ती वा झोलामा राख्न आग्रह गर्दै हलभित्र छिराएका छन् ।


















होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना पक्राउ
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
गुडिरहेकाे बसमा आगलागी
प्रतिक्रिया