प्रधानन्यायाधीशलाई सत्ता गठबन्धनले भन्यो : कि बारलाई मनाऊ, कि राजीनामा देऊ

काठमाडौँ । प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै महिना दिनदेखि न्यायलयमा देखिएको विवाद समाधान गर्न सत्ता गठबन्धनले प्रधानन्यायाधीशलाई नै विकल्प रोजेर निकास दिन आग्रह गरेको छ । सत्ता गठबन्धन दलले आन्दोलनमा रहेका न्यायाधीश र बारलाई सहमतिमा लिनुस् नभए राजीनामा दिनुस् भनेर उनलाई विकल्प दिएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज भएको छलफलमा सत्ता गठबन्धनका नेताहरुले त्यस्तो विकल्प अगाडि सारेको हो ।
यसअघिसम्म सत्ता गठबन्धनले न्यायलयभित्रको विवादका विषयमा न्यायलय आफैले समाधान खोज्नु पर्ने बताउँदै आएका थिए । तर, बारले आन्दोलन नरोकेपछि र पेशाकर्मीले बारको आन्दोलनमा ऐक्यबद्धता देखाउन थालेपछि सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बालुवाटारमा आज छलफल भएको हो ।
बारले १० गते मात्रै प्रधानमन्त्री देउवालाई भेटेर न्यायालय विवादका विषयमा गम्भिरतापूर्वक चासो देखाई प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन प्रस्ताव गरेका थिए । देउवाले यस विषयमा एक दुई दिनभित्रै सत्ता गठबन्धनमा छलफल गरेर निष्कर्ष निकाल्ने बताएका थिए । त्यसपछि आज सत्ता गठबन्धन दलको बैठक बसेको हो ।
प्रधानन्यायाधीशलाई निकासका लागि विकल्प दिएका दलहरूले केही दिनभित्रै गठबन्धनको बैठकमा समेत त्यसबारे छलफल गर्ने तयारी रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले केही दिनमा नै सत्ता गठबन्धनको बैठक बोलाउने तयारी गरेका छन् ।


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
प्रतिक्रिया