एमाले महाधिवेशन : केपी ओलीविरुद्ध भिड्दै भिम रावल

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावल भिड्ने भएका छन् । चितवनको सौराहमा जारी महाधिवेशनको बन्दसत्र रोकेर आइतबार दिनभर छलफलमा बसेका अध्यक्ष ओलीविरुद्ध उपाध्यक्ष रावलले उम्मेदवारी दिने भएका हुन् ।
ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गरेका थिए । तर रावलले उनको प्रस्तावलाई अस्वीकार गरे । ध्यरातमा सुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीको नाम प्रस्ताव गरेका थिए ।
बन्दसत्रको हललाई सम्बोधन गर्दै ओलीले भने, ‘मैले धेरैपटक भीम रावललाई उपाध्यक्षको उम्मेदवार बन्न आग्रह गरेँ, तर सम्झाउन सकिएन ।’
ओलीको प्रस्तावमा रावलले लामो बहस नगरी आफू अध्यक्षको उम्मेदवार हुने बताए । ‘रात गएर बिहान भयो कमरेडहरु सुत्न पाउनु भएको छैन, लामो बोल्दिनँ, मलाई फर्किन गाह्रो हुन्छ, अध्यक्षमा उम्मेदवारी दिन्छु,’ रावलले भने ।
एमालेको निर्वाचन अयोगका अनुसार आज बिहान ९ बजेपछि उम्मेदवारी दर्ताको समय तोकिएको छ ।


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया