३१ बोरा अवैध चिनी बरामद
मेरोन्यूज
२०७८ मंसिर १३ गते ९:०२
काठमाडौँ । भारतबाट भन्सार छली नेपाल ल्याएको ३१ बोरा चिनी महोत्तरी प्रहरीले गएराति बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको पश्चिमी दक्षिण सीमानाकामा अवस्थित सम्सी गाउँपालिका–७ बाट चिनी बरामद गरिएको हो ।
प्रहरीले चिनीसँगै भोजपत्ता एक बोरा र मिठाईमा प्रयोग गरिने रङ एक बोरासमेत नियन्त्रणमा लिएको छ । साथै ओसारपसारमा प्रयोग गरिएको बीआर ०६ एबी १७६९ र बीआर ३० यु २२४६ नम्बरको दुई मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।
बरामद चिनीसहितका सबै सरसामान प्रहरीले भन्सार कार्यालयलाई बुझाउने तयारी गरिरहेको छ ।
सम्बन्धित
















सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया