कांग्रेसको केन्द्रीय सदस्यमा उदयशम्सेरले उम्मेदवारी दिने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता उदयशम्सेर राणाले आशन्न १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
ललितपुरको झम्सिखेलमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर १४ औँ महाधिवेशनमा संस्थापन समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।
राणाले केन्द्रीय सदस्यमा जिते पछि महाधिवेशन हुनु भन्दा २ वर्ष अगाबै क्रियाशील सदस्यता नविकरण, बितरण टुंग्याउने विषयलाई मुद्दाका रुपमा अघि बढाउने बताए । पूर्वराज्यमन्त्री समेत रहेका राणा कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका पूर्व अध्यक्ष हुन् ।
उनी १३ औँ महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्यमा पराजित भएका नेतामा पर्छन्। खुला तर्फ २५ जना निर्वाचित हुने निर्वाचनमा राणा २६ औं भएका थिए ।
महाधिवेशनको मुखैमा सदस्यता नवीकरण र बितरण गर्दा पार्टीमा बिबाद बढ्ने भएका कारण यो विषयलाई मुद्दाका रुपमा अघि लैजाने उनको भनाइ छ ।
राणाले ७र७ तहको निर्वाचन गर्दा पार्टीमा आन्तरिक विग्रह आएको पनि जिकिर गरे ।
‘७ / ७ तहको चिनाव गर्दा पार्टीमा बिग्रह देखियो । तलबाट माथिसम्म दुई समूह हुँदा पार्टीका लागि उचित भएन । तह कम गरेर हुन्छ कि कार्यसमितिहरुमा पद घटाएर कसरी हुन्छ बिग्रह म्यानेज गर्ने इस्युमा योगदान पुर्याउँछु’, उनले भने ।
अमेरिकामा अध्ययन पछि स्वदेश फर्किएर आफू पुस्तैनी व्यापारमा नलागेर पूर्णकालीन राजनीतिमा लागेको भन्दै पदमा पुगे पार्टी र लोकतन्त्रलाई योगदान पुर्याउन सक्ने विश्वास व्यक्त गरे।
युवाले मागेर होइन जितेरै पदमा पुग्नु पर्ने मान्यतामा आफू रहेकाले जितेरै पदमा पुग्नका लागि आफू संस्थापन समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको पनि बताए।
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
प्रतिक्रिया