कांग्रेसको केन्द्रीय सदस्यमा उदयशम्सेरले उम्मेदवारी दिने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता उदयशम्सेर राणाले आशन्न १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
ललितपुरको झम्सिखेलमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर १४ औँ महाधिवेशनमा संस्थापन समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।
राणाले केन्द्रीय सदस्यमा जिते पछि महाधिवेशन हुनु भन्दा २ वर्ष अगाबै क्रियाशील सदस्यता नविकरण, बितरण टुंग्याउने विषयलाई मुद्दाका रुपमा अघि बढाउने बताए । पूर्वराज्यमन्त्री समेत रहेका राणा कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका पूर्व अध्यक्ष हुन् ।
उनी १३ औँ महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्यमा पराजित भएका नेतामा पर्छन्। खुला तर्फ २५ जना निर्वाचित हुने निर्वाचनमा राणा २६ औं भएका थिए ।
महाधिवेशनको मुखैमा सदस्यता नवीकरण र बितरण गर्दा पार्टीमा बिबाद बढ्ने भएका कारण यो विषयलाई मुद्दाका रुपमा अघि लैजाने उनको भनाइ छ ।
राणाले ७र७ तहको निर्वाचन गर्दा पार्टीमा आन्तरिक विग्रह आएको पनि जिकिर गरे ।
‘७ / ७ तहको चिनाव गर्दा पार्टीमा बिग्रह देखियो । तलबाट माथिसम्म दुई समूह हुँदा पार्टीका लागि उचित भएन । तह कम गरेर हुन्छ कि कार्यसमितिहरुमा पद घटाएर कसरी हुन्छ बिग्रह म्यानेज गर्ने इस्युमा योगदान पुर्याउँछु’, उनले भने ।
अमेरिकामा अध्ययन पछि स्वदेश फर्किएर आफू पुस्तैनी व्यापारमा नलागेर पूर्णकालीन राजनीतिमा लागेको भन्दै पदमा पुगे पार्टी र लोकतन्त्रलाई योगदान पुर्याउन सक्ने विश्वास व्यक्त गरे।
युवाले मागेर होइन जितेरै पदमा पुग्नु पर्ने मान्यतामा आफू रहेकाले जितेरै पदमा पुग्नका लागि आफू संस्थापन समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको पनि बताए।









अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
सिड्नीमा गोली चल्याे, कम्तीमा १० जनाको मृत्यु
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया