कांग्रेस जिल्ला निर्वाचन अधिकृतद्वारा राजीनामा

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन् । उनले केन्द्रीय निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर राजीनामा दिए ।
पोखरेलले स्वास्थ्य स्थिति प्रतिकूल रहेको भन्दै जिल्ला अधिवेशन गराउन असमर्थ रहेको राजीनामा पत्रमा उल्लेख गरेका छन् । उनले राजीनामा स्वीकृत गर्नका लागि केन्द्रीय निर्वाचन समितिलाई आग्रह गरेका छन् । पोखरेलले कांग्रेस चितवनको विभिन्न तहको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्र र जिल्ला समितिको निर्वाचन गराउने जिम्मेवारी पाएका थिए ।
पटक–पटक सर्दै आएको कांग्रेस जिल्ला अधिवेशन आजदेखि मङ्सिर १९ गतेसम्म हुने तालिका तय भएको थियो । आज उम्मेदवारी दर्ता र १९ गते मतदानको कार्यक्रम थियो । “केन्द्रीय निर्वाचन समितिको निर्देशनलाई पालना गर्दै सबै पक्षको सहयोग र समन्वयमा जिल्ला कार्यसमितिबाहेक सबै तहका निर्वाचन सफलताका साथ सम्पन्न गरेको छु”, राजीनामा पत्रमा पोखरेलले उल्लेख गरेका छन्।
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
प्रतिक्रिया