कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश रसाइली (स्नेही)ले गरे उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको सन्निकट रहेको १४ औं महाधिवेशनमा बझाङका प्रकाश रसाइली (स्नेही)ले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले संस्थापन ईतर समुहबाट दलित समाबेशी कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए । पार्टीको नेतृत्वमा कसरी पुग्ने र आफ्नालाई चुनाबमा टिकट कसरी बाढ्ने भन्ने गरी कांग्रेस महाधिवेशन हुन नहुने उनको भनाइ छ । ‘कांग्रेसमा गुट उपगुट मात्र छ कसरी पार्टी कब्जा गर्ने भन्ने मात्र देखिएको छ। कांग्रेसको ७० वर्षमा इतिहास हेर्दा ७ वटा संविधान बनेका छन् तर किन स्थायित्व दिन सकेन ?’ पत्रकार सम्मेलनमा उनले भने, –‘कांग्रेसले पार्टीको विधान र संविधानमा निश्चित समय आरक्षण गरे पनि तर निरन्तर लामो समय राख्नु हुदैन ।’
कस्तो, किन कांग्रेस बन्ने विषयमा महाधिवेशनका वेला बहस हुन जरुरी रहेको उनले बताए । विपिको कार्यसमितिले सबैले समेटेको भन्द्यै उनले अहिले पनि सवैलाई समेटने र सवै अट्ने कांग्रेस बनाउन लडाई गर्नु परेको उनको भनाइ छ। उनका अनुसार एक व्यक्ति, एक आरक्षण, एक पद कांग्रेसले नीति बनाउनु पर्ने बताए । यो अभियान उनले १३ औं महाधिवेशन यता अभियानकै रुपमा चलाएका थिए ।
उनी १२ र १३ औं महाधिवेशनमा महासमिति सदस्य भएका थिए । उनी कांग्रेसको समानुपातिक सांसद समेत हुन् ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया