प्रचण्डको प्रश्न-पार्टी फुटाएर तीन टुक्रा बनाउने, एकताको महाधिवेशन भन्ने ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक विचार भिन्न भए पनि राप्रपा र माओवादीको गोत्र एउटै भएको बताएका छन् । राप्रपा महाधिवेशनको उद्घाटनमा बोल्दै प्रचण्डले राजनीतिक विचार भिन्न भए पनि राप्रपा र माओवादी राष्ट्रियताका सवालमा राप्रपा र माओवादी एउटै भएको बताए ।
उनले भने, ‘राष्ट्र सबैभन्दा माथि छ । दलहरूबीचको संवादलाई अझ घनीभूत बनाएर राष्ट्रलाई वैदेशिक हस्तक्षेपबाट मुक्त बनाउनुपर्छ । त्यसका लागि सहकार्य जरुरी छ ।’
यस्तै प्रचण्डले नेकपा मालेका महासचिव सीपी मैनालीलाई राप्रपाको अध्यक्ष हुने तयारी गरेको भन्दै ब्यंग्य गरे । उनले मैनालीले विगतमा सशस्त्र आन्दोलन गरेको स्मरण गर्दै अहिले भाषा फेरिएको देख्दा अचम्ममा परेको बताए । यसअघि मैनालीले देशभक्तिको मामिलामा राजा महेन्द्रको योगदान सह्राहनीय रहेको बताएका थिए ।
यस्तै प्रचण्डले नेकपा एमालेको १०औं महाधिवेशनको ब्यंग्य गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएर तीन टुक्रा बनाएको तर महाधिवेशन गर्दा भने एकताको महाधिवेशन भनेको भन्दै ब्यंग्य गरेका हुन् । उनले भने, तपाईँहरुले जे गर्नुभयो यो महाधिवेशनको नाम पनि त्यही राख्नुभयो । तपाईँहरू तीनवटा मिल्नुभयो र महाधिवेशनको नाम एकता महाधिवेशन राख्नुभयो । नेकपा पार्टी फुटाएर तीन टुक्रा पार्ने अनि एकता महाधिवेशन भन्ने पनि भर्खरै हामीले देखेका छौँ । त्यस्तो झूटो कुराचाहिँ तपाईँहरुले गर्नुभएन । पार्टी फुटाउने अनि नाम एकताको राख्ने ? तपाईँहरुले ठीक गर्नुभयो ।’ राप्रपाको एकताको महाधिवेशन आजबाट सुरु भएको छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया