मोबाइल वितरक संघको महाधिवेशन सुरु

काठमाडौं । नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशन बुधबारदेखि सुरु भएको छ । संघको दोस्रो राष्ट्रिय महाधिवेशन बुधबारदेखि काठमाडौंमा सुरु भएको हाे । महाधिवेशनकाे उदघाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए ।
नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन अर्थमन्त्री शर्माले विभिन्न देशबाट अबैध रुपमा आयात हुने मोबाइल फोनलाई रोक्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागू गर्ने बताए ।
अर्थमन्त्री शर्माले एमडीएमएस प्रणाली लागू भएपछि विभिन्न देशबाट अबैध रुपमा नेपालमा आयात मोवाइल फोन बन्द हुने दाबी गरे ।
उनले अबैध रुपमा हुने पैठारी रोक्नुपर्ने दायित्व सरकारका भएको बताए । सरकार आफ्नो दायित्वबाट पछि नहट्ने बताए ।
अबैध रुपमा आयात हुने मोबाइल फोन रोक्ने एमडिएमएसबारे वितरक संघमार्फत मंगलबार मात्रै आफूले थाहा पाएको उल्लेख गर्दै मन्त्री शर्माले यो विषयमा थाहा पाउने वितिकै तत्काल लागू गर्न निर्देशन दिइसकेको बताए ।
अर्थमन्त्री शर्माले आफू अर्थमन्त्रीको रुपमा मन्त्रालयमा आएसँगै अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन जोड दिएको बताए ।
उत्पादनमुखी अर्थतन्त्रले मात्रै राष्ट्र सबल बन्नसक्ने बताउनुभयो । अब मोवाइल पनि नेपालमा नै उत्पादन गर्न व्यवसायीलाई आग्रह गरे ।
उनले नेपालमा मोबाइल फोन उत्पादन गर्न राज्यले कर छुटदेखि अन्य धेरै सुविधा दिन तयार रहेको बताए ।
अर्थमन्त्री शर्माले मोबाइलमा फोनको लागि मात्र नभएर विभिन्न सुविधा रहेको भन्दै त्यसलाई चलाउनको लागि क्षमति वृद्धि गर्नुपर्नेमा जोड दिए । मोबाइल आवश्यकताको वस्तु भइसकेकाले यसलाई सरकारले कुनै विसिमको हस्तक्षेप गर्न सक्ने अवस्था नभएको उनको भनाई छ ।
अर्थमन्त्री शर्माले आजको विश्व डिजिटल बनिसकेकाले नेपाललाई पनि डिजिटल नेपाल बनाउने अभियानमा सरकार रहेको बताए ।
कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले मोबाइल फोन बिलाशिता नभएको बताउँदै यसमा लगानी गर्न बैंकिङ क्षेत्र तयार भएको बताए ।
व्यवसायी क्षेत्र मुलुुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले बैंक तथा वित्तीय क्षेत्रसँगसँगै सहकार्य र लगानी गर्न तयार रहेको बैंकर शाहले बताए ।


















सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया