मोबाइल वितरक संघको महाधिवेशन सुरु

काठमाडौं । नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशन बुधबारदेखि सुरु भएको छ । संघको दोस्रो राष्ट्रिय महाधिवेशन बुधबारदेखि काठमाडौंमा सुरु भएको हाे । महाधिवेशनकाे उदघाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए ।
नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन अर्थमन्त्री शर्माले विभिन्न देशबाट अबैध रुपमा आयात हुने मोबाइल फोनलाई रोक्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागू गर्ने बताए ।
अर्थमन्त्री शर्माले एमडीएमएस प्रणाली लागू भएपछि विभिन्न देशबाट अबैध रुपमा नेपालमा आयात मोवाइल फोन बन्द हुने दाबी गरे ।
उनले अबैध रुपमा हुने पैठारी रोक्नुपर्ने दायित्व सरकारका भएको बताए । सरकार आफ्नो दायित्वबाट पछि नहट्ने बताए ।
अबैध रुपमा आयात हुने मोबाइल फोन रोक्ने एमडिएमएसबारे वितरक संघमार्फत मंगलबार मात्रै आफूले थाहा पाएको उल्लेख गर्दै मन्त्री शर्माले यो विषयमा थाहा पाउने वितिकै तत्काल लागू गर्न निर्देशन दिइसकेको बताए ।
अर्थमन्त्री शर्माले आफू अर्थमन्त्रीको रुपमा मन्त्रालयमा आएसँगै अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन जोड दिएको बताए ।
उत्पादनमुखी अर्थतन्त्रले मात्रै राष्ट्र सबल बन्नसक्ने बताउनुभयो । अब मोवाइल पनि नेपालमा नै उत्पादन गर्न व्यवसायीलाई आग्रह गरे ।
उनले नेपालमा मोबाइल फोन उत्पादन गर्न राज्यले कर छुटदेखि अन्य धेरै सुविधा दिन तयार रहेको बताए ।
अर्थमन्त्री शर्माले मोबाइलमा फोनको लागि मात्र नभएर विभिन्न सुविधा रहेको भन्दै त्यसलाई चलाउनको लागि क्षमति वृद्धि गर्नुपर्नेमा जोड दिए । मोबाइल आवश्यकताको वस्तु भइसकेकाले यसलाई सरकारले कुनै विसिमको हस्तक्षेप गर्न सक्ने अवस्था नभएको उनको भनाई छ ।
अर्थमन्त्री शर्माले आजको विश्व डिजिटल बनिसकेकाले नेपाललाई पनि डिजिटल नेपाल बनाउने अभियानमा सरकार रहेको बताए ।
कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले मोबाइल फोन बिलाशिता नभएको बताउँदै यसमा लगानी गर्न बैंकिङ क्षेत्र तयार भएको बताए ।
व्यवसायी क्षेत्र मुलुुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले बैंक तथा वित्तीय क्षेत्रसँगसँगै सहकार्य र लगानी गर्न तयार रहेको बैंकर शाहले बताए ।










पार्टीको महाधिवेशन टार्ने प्रयास भइरहेको छ : महामन्त्री थापा
निर्वाचन तयारीबारे आज प्रधानमन्त्रीसहित सर्वपक्षीय छलफल
महाधिवेशन राेक्न खाेजे विशेष महाधिवेशन हुन्छ : गगन थापा
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया