नुवाकोटमा विद्यालयबाट फर्केका बालक फड्के तर्ने क्रममा तादी खोलामा खसेर बेपत्ता

दुप्चेश्वर (नुवाकोट) । विद्यालयबाट पठनपाठन गरी घर फर्केका दुप्चेश्वर गाउँपालिकाका एक बालक फड्के तर्ने क्रममा तादी खोलामा खसेर बेपत्ता भएका छन् । दुप्चेश्वर वडा नं ६ राउतवेंशी करेजुङका दावा तामाङका ४ वर्षिय छोरा जोन तामाङ बुधवार दिउँसो बेपत्ता भएका हुन् ।
दुप्चेश्वर–७ स्थित रामती बजारमा रहेको हस्त मेमोरियल एकेडेमी बोर्डिङ स्कुलबाट पढाई सकिएपछि दिउँसो ४ बजेको समयमा घरतर्फ फर्किने क्रममा विद्यालय नजिकै डेढसय मिटरको दूरीमा पर्ने तादी खोला तर्दातर्दै अकस्मात फड्केबाट खसेर खोलाले बगाउँदा बेपत्ता भएको दुप्चेश्वर गाउँपालिका सदस्य राजकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार खोलामा वारपार गर्न पुल नभएपछि सामान्य बाँस र काठ मात्रै ते¥स्याएर बनाइएको धराप फड्केको भरमा यसअघि ज्यान जोखिममा राखेर विद्यालयबाट घर आवतजावत गर्दै आएका नाबालक जोन यसपटक दुर्घटनामा परेर बेपत्ता भएपछि विद्यालयका अन्य विद्यार्थीदेखि यहाँबाट हिँडडुल गर्ने गाउँलेहरु त्रासमा छन् ।
स्थानिय प्रहरी चौकी समुन्द्रटार सहित दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यको नेतृत्वमा वडा अध्यक्ष किशोर आचार्य, नेकपा ९माओवादी केन्द्र० गाउँपालिका कमिटी सचिव शंकर बहादुर थापा, गाउँपालिका सदस्य राजकुमार श्रेष्ठ लगायत स्थानियवासी बेपत्ता बालकको खोजीकार्यमा जुटेका छन् । तर, खोलाको पानी अत्याधिक चिसो भएका कारण खोजी गर्न कठिन भइरहेको प्रहरीले जनाएको छ ।
हस्त मेमोरियल एकेडेमी विद्यालयले समेत विद्यार्थीहरुको सुरक्षित आवामनमा वेवास्ता गर्ने र अन्य धेरै विषयमा हेलचक्¥याँईं गर्दै आएको अभिभावकहरुको आरोप छ । कयौँ वर्षदेखि स्कुले विद्यार्थीदेखि स्थानियवासीहरु तादी खोलाको सोही फड्केको सहारामा आवतजावत गर्दै आइरहेका छन् । विगतदेखि नै पुल निर्माणको लागि आवाज उठ्दै आएपनि समयमै पुल निर्माण नहुँदा राउतवेंशी, समुन्द्रटार लगायतका बासिन्दाहरु दिनहुँ जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
यता, दुप्चेश्वर गाउँपालिकाले भने झोलुङ्गे पुलको सर्भे भइरहेकोले भविष्यमा छिट्टै निर्माण सम्पन्न भई सुरक्षित वारपारको व्यवस्था हुने बताएको छ ।













कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
छापियो १० लाख नमुना मतपत्र
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया