कांग्रेस प्रदेश अधिवेशन २ बजे उद्घाटन हुने, चार बजे लोगो सार्वजनिक गरिने
मेरोन्यूज
२०७८ मंसिर १६ गते १०:१३

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बिहीबार सबै प्रदेशको अधिवेशन सुरु हुँदै छ । आज पार्टीको प्रचार प्रसार समितिले गरेको पत्रकार सम्मलेनमा समितिका प्रमुख एवम् पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले निर्वाचन कार्य तालिका भने शुक्रबारदेखि मात्रै सुरु हुने बताए ।
प्रवक्ता शर्माका अनुसार सबै प्रदेशमा हुने अधिवेशनको सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो २ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै, आजै चार बजे महाधिवेशन लोगो सार्वजनिक गरिने छ ।
‘हामी पहिलोपटक पार्टीको प्रदेश अधिवेशन गर्दै छौँ, बिहीबार दिउँसो २ बजे सभापति ज्यूले ती अधिवेशनको उद्घाटन गरेपछि अधिवेशन सुरु हुन्छ,’ समिति प्रवक्ता शर्माले भने ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया