राप्रपाको नेतृत्व चयन गर्न दुवै पक्षले आज उम्मेदवारी दिँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्व चयनका लागि आज निर्वाचन हुने भएको छ । राप्रपामा अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
कूल चार हजार ४७१ जना मतदाताले पार्टीको नेतृत्व चयनमा मतदान गर्ने भएका छन् । निर्वाचनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्रीसहित एक सय ४१ जना निर्वाचित हुने व्यवस्था छ ।
थापा र लिङ्देन दुवै पक्षले प्यानल तय गरिसकेको छ । विक्रम पाण्डे दुवै पक्षको उपाध्यक्षको सूचीमा छन् । यसबाहेक थापा समूहमा बुद्धिमान तामाङ, ध्रुबबहादुर प्रधान र रोशन कार्की उपाध्यक्षका उम्मेदवार छन् । त्यस्तै, लिङ्देन पक्षबाट उपाध्यक्षका उम्मेदवारमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ छन् । राप्रपामा एक महिलासहित चार उपाध्यक्ष र एक महिलासहित तीनजना महामन्त्री निर्वाचित हुने व्यवस्था रहेको छ ।
थापाको प्यानलबाट महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्तिकुमारी शाही उम्मेदवार हुन् । त्यस्तै, लिङ्देनले महामन्त्रीमा रेखा थापा, डा. धवलशमशेर राणा र श्याम तिमल्सिनालाई उठाउने भएको छ ।
केन्द्रिय निर्वाचन समितिले शुक्रबार बिहानदेखि उम्मेदवारी दर्ता गराउने समय दिइएको छ । शनिबार बिहान आठ बजेदेखि पाँच बजेसम्म अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केन्द्रीय सदस्यका लागि निर्वाचन हुने छ ।









धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
एमाले महाधिवेशनको मतदान सकियो: खस्यो २२२७ मत, ३६ अनुपस्थित
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया