राप्रपा महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा उम्मेदवारी दर्ता सुरु भएको छ । राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी दर्ता गर्न लागेका हुन् । राप्रपाका नेता राजेन्द्र लिङ्देन बाजागाजासहित अध्यक्षमा उम्मेदवारी दिन पुगेका छन् ।
लिङ्देन सहितका नेता–कार्यकर्ता बाजागाजासहित राष्ट्रियसभागृहमा उम्मेद्वारी दर्ता गर्न पुगेका हुन् । यस्तै अध्यक्ष कमल थापा पनि अध्यक्ष पदमा उम्मेदवारी दिन गुगेका छन् । थापा पनि बाजागाजासहित राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गर्न पुगेका हुन् ।
राप्रपाको अध्यक्षका लागि कमल थापा र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् । बिहीबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा शनिबार मतदान हुने कार्यक्रम रहेको छ ।
राप्रपा महाधिवेशनमा ४ हजार ४ सय जना महाधिवेशन प्रतिनिधि छन् । महाधिवेशनमा अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ ।


















संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
प्रतिक्रिया