रियल मीले मुरारका ग्रुपसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याउँदै

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याउने भएको छ ।
रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिज नार्जो ५० आई र नार्जो ए ल्याउने भएको हो ।
सबैभन्दा उत्कृष्ट गेमिङ पर्फर्मेन्स भएको फोन किन्न चाहने युवा पुस्ताको लागि यी फोनहरु उपयुक्त मानिएको छ ।
संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्डसँग पार्टनरसिप गर्न पाउँदा आफू गौरवान्वित भएको लञ्चको अवसरमा बोल्दै मुरारका ग्रुपका निर्देशक शिरिष मुरारकाले बताए ।
रियलमी नार्जो ५० ए मा २.० गिगाहर्जको शक्तिशाली अक्टा–कोर प्रोसेसर भएको पर्फर्मेन्स टाइटन गेमिङ सेग्मेन्टमै एक उत्कृष्ट रहेको बताइएको छ ।
यसमा सबैभन्दा शक्तिशाली ५० एमपी ट्रिपल एआई क्यामरा भएकाले यो प्रतिस्पर्धीहरु भन्दा एक कदम अगाडि रहेको दाबी गरिएको छ ।
यस्तै, रियलमी नार्जो ५० आईमा शक्तिशाली अक्टा–कोर प्रोसेसर तथा ४३ दिनसम्म टिक्ने ब्याट्री रहेको छ ।
यसमा भएको सुपर पावर सेभिङ मोडले गर्दा ब्याट्रीको खपत हुनुका साथै रिभर्स चार्जिङ पनि सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

















दोलखाकाे मतदान केन्द्रमा तनाव : प्रहरीद्वारा हवाई फायर
कांग्रेस सभापति थापाले मतदानपछि भने-‘निर्वाचनले संविधान ‘ट्रयाक’मा आयाे’
२ घण्टामै देशभर ८ लाख ५० हजारभन्दा बढीद्वारा मतदान
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
झापा-५ पुगेर प्रधानमन्त्रीले गरिन् मतदान
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया