कांग्रेस सुदूरपश्चिममा देउवा पक्षको प्यानल विजयी

काठमाडौँ । नेपाली कांग्रसको सुदूरपश्चिम प्रदेश सभापतिमा बिर बहादुर बलायर निर्वाचित भएका छन् । आइतबार सम्पन्न मत गणनामा बलायर विजयी भएका हुन् । उनले ६८८ मत ल्याएर विजयी भएका हुन् ।
अर्का अध्यक्षका प्रत्यासी नारायणदत्त मिश्रले २८० मत प्राप्त गरे । कुल १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ जनाले मतदान गरेका थिए । बलायर पार्टी सभापति शेर बहादुर देउवा पक्षका हुन् भने मिश्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । सुदूरपश्चिम प्रदेशमा वलायरको प्यानल विजय भएको हो ।
यस्तै बलायर प्यानलका उपसभापतिमा जनकराज चौधरी ६१० र लोकराज अवस्थी ५२३ मतले विजयी भएका छन् । महामन्त्रीमा मेघराज खड्का ६४८ र नरनारायण शाह ६३५ मत ल्याएर निर्वाचित भए । यसैगरी सह महामन्त्रीमा चिन्तामणि भट्ट ५२९, गोपालदत्त भट्ट ५३३ र अम्बिकाकुमारी चलाउने ६८६ मत प्राप्त गरी निर्वाचित भएका छन् । अब सदस्य पदको मत परिणाम आउन बाँकी छ ।


















डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
४२ हजार बढी मतान्तरमा विष्णु पौडेललाई हराउँदै रास्वपाका सुलभ खरेल विजयी
सर्लाही–४ मा गगन थापा ६ हजार मतले पछाडि
चार निर्वाचन क्षेत्रको मतगणना किन हुन सकेन ?
बझाङमा एमालेका उम्मेदवार महर विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
प्रतिक्रिया