नेपाल यु -१९ एसिया कप खेल्दै
मेरोन्यूज
२०७८ मंसिर १९ गते १३:४९

काठमाडौं । एसीसी यु–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले सहभागिता जनाउने भएको छ ।
एसिया कप युनाईडेट अरब इमिरेट्स (युएई) मा डिसेम्बर २० देखि जनवरी २ सम्म हुने रहेको छ । क्यान स्रोतका अनुसार यू १० एशिया कपमा नेपालले सहभागिता जनाउने र यसका लागि जारी यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट टिम तयार पार्ने बताइएको छ ।
प्रतियोगिताका लागि नेपाल डिसेम्बर १९ सम्म प्रतियोगिता आयोजना हुने स्थलमा बताइएको छ । तर प्रतियोगिता स्थलको अन्तिम टुंगो भने अझै सुनिश्चित हुन बाँकी छ ।
काठमाडौंमा जारी वाई–वाई यु–१९ क्रिकेट प्रतियोगिता एसिया कपकै छनोटका लागि आयोजना भएको हो ।
एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ ।
सम्बन्धित
प्रतिक्रिया