कांग्रेस महाधिवेशनः भीष्म आङदम्बेले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आङ्देम्बेले १४औं महाधिवेशनमा सहमहामन्त्री (आदिबासी/जनजाती) पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले उम्मेदवार घोषणा गदै १३ बुँदे आफ्ना एजेन्डा समेत प्रस्तुत गरे ।
पार्टीको सदस्यता प्रणालीलाई व्यवस्थित र आकर्षक बनाउँदै लैजान आफुले सह महामन्त्रीमा उम्मेदवारी दिएको उनले बताए ।
नेपाली कांग्रेस पार्टीलाई चुस्त र दुरुस्त बनाउदै २१औं शताब्दीको पार्टीमा रुपान्तरित गरी २१औं शताब्दीका युवा उमेर र सोचहरुलाई नेतृत्व गराउन सक्ने पार्टीमा रुपान्तरित गर्न सकिन्छ र त्यही ढंगबाट पार्टीलाई चलायमान गर्न नेतृत्वको आवश्यकता रहेकोले आफुले उक्त पदमा उम्मेदवारी दिन लागेको जनाए ।
आदिवासी/जनजातीको तर्फबाट आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सार्थक बनाउन वर्तमान संविधानको रक्षा गर्दै यसको इमान्दारीपूर्वक कार्यान्वयन गर्न नेपाली कांग्रेसलाई सबल र एकताबद्ध बनाउन आफुले पहल गर्ने उनले दाबी गरे ।
पार्टीलाई वैचारिक रुपमा स्पष्ट, सांगठनिक रुपमा गतिशिल र भावनात्मक रुपमा एकतावद्ध अनि अनुशासित र प्रशिक्षित कार्यकर्ताको उर्जाशील अभियानका रुपमा विकास उनले बताए ।















अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
Woman injured in Jajarkot fire dies
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
प्रतिक्रिया