राखेप सदस्य सचिवलाई ओलम्पिक कमिटिको स्वागत

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले जारी भएको नयाँ ऐनमा बन्नुपर्ने नियमावली अन्तिम चरण पुगेको बताएका छन् ।
मन्त्रिपरिषदको निर्णय पछि राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त भएका टंकलाल घिसिङलाई सोमवार नेपाल ओलम्पिक कमिटिले बधाई तथा स्वागत गरेको कार्यक्रममा सदस्य सचिव घिसिङले नयाँ बनेको ऐनमा बन्नु पर्ने नियमावली करिब करिब अन्तिम चरणमा पुगेको र छिट्टै अर्थ र कानुनमा पुगरेर मन्त्रिपरिषदमा टेबुल हुने बताएका हुन ।
यस्तै, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले अघिल्लो सदस्य सचिवनको कार्यकालमा ऐन कार्यान्वयनको गतिमा ढिलाए भएको भन्दै नयाँ सदस्य सचिवनको कार्यकालमा नयाँ ऐनले पूर्णता पाउने बताए ।
सपथ र पदभार ग्रहण गरेसँगै राष्ट्रिय खेलाडीको विमा र राष्ट्रिय टोलीको सुधारमा जोड दिने बताएका सदस्य सचिव घिसिङले नजिकिँदै गरेको एसियन गेम्सको तयारीलाई पनि जोड दिन ओलम्पिक कमिटीलाई आग्रह गरे ।
नेकपा माओवादी बागमती प्रदेश कमिटीका सचिवालय सदस्य समेत रहेका घिसिङलाई मन्त्री महेश्वर जंग गहतराजको प्रस्तावमा मन्त्री परिषदले सदस्य सचिवमा चार वर्षको लागि नियुक्त गरेको थियो ।
सदस्य सचिवका लागि परेका १८ जनाको नामावलीबाट सिफारिस समितिले घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रिपरिषदमा पेश गरेको थियो ।
तत्कालिन सदस्य सचिव रमेश सिलवाललाई शेरबहादुर नेतृत्वको सरकारले बर्खास्त गरेको थियो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएयता छनोटबाट नियुक्त हुने घिसिङ दोस्रो सदस्य सचिव भएका छन् ।

















लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, यस्ता छन् एजेन्डा
नेपाल राष्ट्र बैंकले शुक्रबार का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
चैत ६ गते शुक्रबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
प्रतिक्रिया