जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो
मेरोन्यूज
२०७८ मंसिर २१ गते ७:३२
काठमाडौँ । सोमबार साँझ बैतडीमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । पाटन नगरपालिका १ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको हो ।
दुर्घटनामा नवविवाहित जोडीको समेत मृत्यु भएको थियो । दुर्घटनामा मृत्यु हुनेहरुमा सुर्नया गाउँपालिका १ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २० वर्षीया मनिषा विक, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र ७२ वर्षीया रमा भट्टराई रहेका छन् ।
प्रेम र मनिषाबीच १० दिन अघि विवाह बन्धनमा बाँधिएका थिए । उनीहरु दुवै जना माइतीघर कैलपाल फर्किंदै गर्दा दुर्घटनामा परेका हुन् । प्रहरीका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
सम्बन्धित










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया