जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो
मेरोन्यूज
२०७८ मंसिर २१ गते ७:३२
काठमाडौँ । सोमबार साँझ बैतडीमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । पाटन नगरपालिका १ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको हो ।
दुर्घटनामा नवविवाहित जोडीको समेत मृत्यु भएको थियो । दुर्घटनामा मृत्यु हुनेहरुमा सुर्नया गाउँपालिका १ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २० वर्षीया मनिषा विक, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र ७२ वर्षीया रमा भट्टराई रहेका छन् ।
प्रेम र मनिषाबीच १० दिन अघि विवाह बन्धनमा बाँधिएका थिए । उनीहरु दुवै जना माइतीघर कैलपाल फर्किंदै गर्दा दुर्घटनामा परेका हुन् । प्रहरीका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
सम्बन्धित
















सङ्खुवासभामा मतगणना सुरु
भक्तपर – २ मा ४२ हजार बढी मतसहित रास्वपाका राजीव खत्री विजयी, महेश पराजित
गोरखा – १ मा मतगणना सुरु
मात्तिदैनौं, जनभावनाअनुसार काम गछौं : रवि लामिछाने
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
प्रतिक्रिया