साढे ३३ किलो सुन प्रकरणका अभियुक्त धरौटीमा छुटे

विराटनगर । साढे ३३ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त कृष्णगोपाल अग्रवाल धरौटीमा छुटेका छन् । अग्रवाललाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्ने आदेश दिएको हो ।
न्यायाधीश भरत लम्सालको इजलासले थुनछेक बहसपछि उनलाई २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।
आइतबार पक्राउ परेका अग्रवाललाई प्रहरीले मंगलबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको थियो ।
सुन तस्करी गिरोहका नाइने चुणामणि उप्रेती ‘गोरे’सहित ७७ जनाविरुद्ध दायर मुद्दामा अग्रवाल प्रतिवादी थिए ।
तस्करी गरेर ल्याएको साढे ३३ किलो सुन हराएपछि उक्त गिरोहले यातना दिने क्रममा भरिया सनम शाक्य मारिएका थिए ।
न्यायाधीश भरत लम्सालकै इजलासले सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दाको फैसला गत असोज १९ गते गरेको थियो । पक्राउ परेका ५७ जनाले सुन तस्करी मुद्दामा सफाइ पाएका थिए भने शाक्य अपहरण र हत्या मुद्दामा ८ जनालाई दोषी ठहर भए ।
गोरेको समूहले २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा सनमको हत्या गरेको थियो । घटनाको भोलिपल्ट २०७४ फागुन १९ गते उनको मोरङमा शव भेटिएको थियो ।












बारुदी सुरुङ र विस्फोटक पदार्थ सम्बन्धमा विधायन समितिले सुरक्षा निकायसँग छलफल गर्ने
कर्मचारीमाथि भएको अभद्र व्यवहारको एनआईसी एशिया बैंकद्वारा गम्भीर आपत्ति
कुलमानजीसँगको सहमतिलाई अब औपचारिकता दिन्छौँ : सभापति लामिछाने
US ambassador pays farewell call to President Paudel
बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मंगलबार बस्ने
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
प्रतिक्रिया