चाक्सीबारी सिंह निवासमा बैठक, बाहिर प्रदर्शन

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक मंगलबार चार घण्टादेखि पूर्व महामन्त्री प्रकाशमानको निवास च्याक्सीबासीमा जारी छ ।
कांग्रेस नेताहरुको बैठक सिंह निवासमा भइरहँदा उनको निवास बाहिर भने कांग्रेसकै युवा कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् ।
सिंह निवास भित्र नेताहरुको बैठक जारी रहँदा बाहिर पौडेल समुहकै युवाहरुको एक समूहले साझा उमेदवार तय गर्न भन्दै प्लेकार्डसहित प्रदर्शन गरेको छ । उनीहरुले संस्थापन इतरको समूहलाई मिलेर अगाडि बढ्न दबाब दिएका हुन् ।
प्रदर्शनमा सहभागी नेपाल विद्यार्थी संघका पूर्व सह–महामन्त्री टेकराज पौडेलले कांग्रेसलाई एकतावद्ध बनाएर महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन माग गर्दै आफूहरुले प्रदर्शन गरेको बताए । नेताहरुले त्याग गरेर भएपनि पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाई छ ।
उनीहरूले अहिले नमिले कहिले मिल्ने, नेताहरू मिल्नुस् कांग्रेस जोगाउनुस्ु ,साझा उमेदावरको विकल्प छैन लगायतका सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया