दश जिल्लाका ३३ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले १० जिल्लाका ३३ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरिएकोमा सुदूरपश्चिमका ६ जिल्ला, प्रदेश १ का ३ जिल्ला र लुम्बिनी प्रदेशका एक जिल्लाका स्थानीय तह छन् ।
सुदूरपश्चिमका ६ जिल्लाका २० स्थानीय तह, प्रदेश १ का तीन जिल्लाका ११ स्थानीय तह र लुम्बिनी प्रदेशको एउटा जिल्लाका दुई स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।
विपद् संकटग्रस्त क्षेत्र घोषणा हुनेमा एउटा उपमहानगरपालिका, चार नगरपालिका र २८ गाउँपालिका रहेका छन् ।
आगामी २०७८ साल माघ मसान्तसम्म लागू हुनेगरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको गृहमन्त्रालयले जनाएको छ ।
गृहले बाढी, पहिरोलगायतका विपद्बाट ठूलो मानवीय क्षति भएको र ती स्थानीय तह बढी प्रभावित भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहमा क्षतिपछिको पुनः निर्माणलाई प्राथामिकता दिएर काम गरिने जनाइएको छ ।













जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस
तनहुँमा स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु
Magnitude 6.7 earthquake strikes off the coast of Mindanao Island in southern Philippines
नेकपाले पनि टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार (नामावलीसहित)
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
प्रतिक्रिया