प्रचण्ड, माधव नेपाल र बाबुराम भेटवार्ता
तीन दल वीचको आगामी सहकार्य र एकताका विषयमा केन्द्रीत रहेर छलफल

काठमाडौं । सत्ता गठवन्धनमा रहेका प्रमुख तीन दलका शीर्ष नेताहरुको भेटवार्ता भएको छ । २८ मंसिरदेखि संसदको बैठक बोलाईएको, न्यायलयभित्रको विवाद थाती रहेको र आगामी माघ १२ मा राष्टिय सभा चुनावलगायतका विषयमा दलहरुवीच आन्तरिक छलफल भईरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भटटराई वीच भेटवार्ता भएको हो ।
सिंहदरवारस्थित एकीकृत समाजवादीको संसदीय दलको बैठकमा तीन नेतावीच भेटवार्ता भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
उनका अनुसार तीन नेताका वीचमा भेटवार्ता आधा घण्टा जस्तो भएको थियो । तर छलफलका विषयमा भने आफुले पनि जानकारी पाइनसकेको मल्लले मेरोन्यूजलाई बताए ।
सत्ता गठवन्धन दलकै अर्काे मुख्य घटक कांग्रेसको महाधिवेशन तयारी चलिरहेको र माओवादी केन्द्रले पनि राष्टिय सम्मेलनको तयारीका लागि अध्यक्ष प्रचण्ड दस्तावेज लेखनमा लागिरहेको बेला माधव नेपाल, प्रचण्ड र वावुराम भटटराईका वीचमा भेटवार्ता भएको हो ।
भेटवार्तामा दलहरु वीचको आगामी सहकार्य र एकताका विषयमा पनि केन्द्रीत रहेर कुराकानी भएको बताईएको छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया