सल्यानका ५४ विद्यालयमा बालमैत्री कक्षा सञ्चालन
सल्यान । जिल्लाका ५४ विद्यालयमा बालमैत्री कक्षा कोठा सञ्चालनमा ल्याइएको छ । बागचौर नगरपालिका तथा त्रिवेणी, कपुरकोट र सिद्धकुमाख गाउँपालिकामा रहेका ५४ विद्यालयमा १०४ बालमैत्री कक्षा कोठा सञ्चालनमा ल्याइएको हो ।
बालबालिकाको बसाई व्यवस्थापन सहज नहुँदा बालबालिका विद्यालय नजाने तथा विद्यालयमा सिकाइ व्यवस्थापनमा समेत असहज हुन थालेपछि विद्यालयमा बालमैत्री कक्षा कोठा सञ्चालन गरिएको हो । बालमैत्री कक्षा कोठा सञ्चालनमा आएपछि विद्यालयमा विद्यार्थीको चाप बढन थालेको विद्यालयले जनाएका छन् ।
रुम टु रिडको आर्थिक सहयोग तथा दलित विकास समाजको आयोजनामा बालमैत्री कक्षा कोठा सञ्चालनमा ल्याइएपछि बालबालिकामा पढ्ने र सिक्ने बानीको विकास भएको रुम टु रिडका जिल्ला अधिकृत बाबुराम पोखरेलले जानकारी दिए ।
‘बालबालिकाको बसाई व्यवस्थापन असहज हुँदा बालबालिका पढ्न नरुचाउने भएकाले पनि उनीहरुको सिकाइ व्यवस्थापनमा सहज होस् भनेर विद्यालयमा बालमैत्री कक्षा कोठा सञ्चालन गर्न सहयोग गरका हौँ,’ उनले भने ।
बालमैत्री कक्षा सञ्चालन गरेपछि विद्यालयमा बालबालिकाको उपस्थिति बढेको शारदा प्राथमिक विद्यालय चैवाङका प्रधानाध्यापक छविकुमार शर्माले जानकारी दिए । ‘बालमैत्री कक्षा सञ्चालनमा ल्याउँदा बालबालिकाको उपस्थिति मात्र राम्रो भएको छैन, बालबालिकामा सिकाइ व्यवस्थापनमा समेत सहज भएको छ, यसले बालबालिकामा रमाएर सिक्ने वातावरण सिर्जना गरेको छ,’ उनले भने ।
यसलाई स्थानीय सरकारले अंगीकार गर्न सकेको अवस्थामा बालबालिकामा सिकाउने र सिक्ने वातावरण सहज हुने र शिक्षाको गुणस्तरमा सुधार आउने दलित विकास समाजका कार्यक्रम संयोजक टेकराज शाहीले जानकारी दिए । ‘जिल्लाका धेरै विद्यालयमा अहिले पनि बालमैत्री कक्षा कोठा सञ्चालनमा छैनन्, जसले गर्दा बालबालिकामा पठन पाठनको अवस्था समेत नाजुक रहेको छ, विद्यालयमा बालमैत्री कक्षा सञ्चालन गरेपछि मात्रै पनि शिक्षाको गुणस्तरमा सुधार आउने निश्चित छ,’ शाहीले भने ।
रुम टु रिडद्वारा सञ्चालन गरिएको साक्षरता कार्यक्रम लागू भएका विद्यालयमा ३०० बाल पुस्तकालय स्थापना र प्रयोग गरिएको छ । यस्तै २२० शिक्षकलाई शैक्षिक तथा पुस्तकालयसम्बन्धी पेसागत क्षमता विकास र पाँच हजार २५० विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।















‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया