धनी देशले कोरोनाको खोप भण्डारण गर्न सक्ने भन्दै चिन्ता

काठमाडौँ । ओमिक्रोन भाइरस तीव्र गतिमा फैलिएसँगै धनी राष्ट्रहरूले कोभिडविरुद्धको खोप भण्डारण गर्न सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चिन्ता व्यक्त गरेको छ । उसले धेरै मानिसहरूले खोप प्राप्त गर्न नसकेका राष्ट्रहरूमा खोप आपूर्तिमा प्रभावित पर्न सक्ने जनाएको छ ।
ओमिक्रोन भाइरसबाट जोगिनका लागि कतिपय धनी राष्ट्रहरूले बुस्टर डोजको मात्रा सार्वजनिक गर्ने तयारी गरेका छन् । हालसम्म उपलब्ध कोभिडविरुद्धका खोपहरू नयाँ भेरिएन्टविरुद्ध कम प्रभावकारी रहेको समेत उसले जनाएको छ ।
खोप उत्पादक फाइजर बायोएनटेकले गरेको पछिल्लो अध्ययनमा फाइजर खोपले कोभिडको मुख्य ‘स्ट्रेन’को तुलनामा ओमिक्रोनविरुद्ध एन्टिबडी उत्पादन गर्ने पाइएको छ । डब्लुएचओले भने सुरुवाती मात्रा उपलब्ध गराउने कार्य नै प्राथमिकतामा पर्नु पर्ने जनाएको छ ।
डब्ल्युएचओकी खोपसम्बन्धी निर्देशक केट ओ ब्रायनले धनी राष्ट्रहरूलाई खोप दान गर्ने कार्य जारी राख्न आग्रह गरेकी छन् ।
ओमिक्रोन हालसम्म फेला परेका कोभिडका प्रकारमध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरिएन्ट हो ।
अमेरिकाका वरिष्ठ संक्रमक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीका अनुसार प्रारम्भिक प्रमाणका अनुसार ओमिक्रोन निकै संक्रमक हुनसक्ने तर यसले मानिसहरूलाई तुलनात्मक रूपमा धेरै गम्भीर अवस्थामा भने नपुर्याएको देखिएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार सन् २०२० मा महामारी सुरु भएयता विश्वभर ५० लाखभन्दा बढीले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । एजेन्सी
















चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
अनरको ‘म्याजिक एट सिरिज’ सार्वजनिक, कति पर्छ मूल्य ?
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया