लिङदेनविरुद्ध खनिए प्रचण्ड र ओली

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन उदघाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको प्रतिवाद गरेका छन् ।
ओेली र प्रचण्डले सम्बोधन गर्नुअघि मन्तब्य राखेका लिङदेनले सबै राजनीतिक दलका नेताहरुलाई जनता चोर आए भन्ने गरेको टिप्पणी गरेका थिए ।
आफ्नो पालो आएपछि प्रचण्डले शुरुमै लिङदेनको आलोचना गरे । उनले कांग्रेस कार्यकर्तालाई मञ्चबाटै प्रश्नसमेत सोधे । लिङदनेको अभिब्यक्तिलाई उनले तानाशाहीको संज्ञा दिए । लिङदेनविरुद्ध प्रचण्ड मात्रै खनिएनन्, एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि कडा आलोचना गरे ।
ओलीले लिङदेनलाई भर्खर भर्खर जन्मिएको बाच्छो हिँड्न नजानेको भनी टिप्पणी गरे । ओलीले लिङदनेको भनाईको प्रतिवाद गरे ।
कांग्रेस महाधिवेशनको शुभकामना दिन पुगेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले भने लिङ्देनलाई सम्बोधन नगरी प्रतिगामी तत्वले फेरि शीर उठाउने प्रयास गरेको बताए ।
‘नेपालको राजनीतिमा कालो बादल मडारिन खोजिरहेको छ’, नेता नेपाले भने, ‘प्रतिगामी तत्वहरुलाई भन्न चाहन्छु, फेरि शीर उठाउने प्रयास नगर्नुस् ।’
उनले राजनीतिमा आउन राजालाई नयाँ पार्टी खोल्न सुझाव दिएका थिए । उनले राजालाई नयाँ पार्टी नखोले ब्यापार गरेर बस्न सुझाव दिए ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
प्रतिक्रिया